धनगढी। चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सकिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट खर्च प्रगति न्यून देखिएको छ। पुँजीगततर्फ कुल १८ अर्ब ६७ करोड २४ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले प्रथम चौमासिकमा एक अर्ब २३ करोड ४२ लाख रुपियाँ खर्च गरेको हो। जुन खर्च प्रगति ६.५७ प्रतिशत रहेको छ।
अहिलेसम्म पुँजीगत बजेट थोरै खर्चेको प्रदेश सरकारको चालु बजेट खर्च प्रगति भने तुलनात्मक रुपमा बढी रहेको छ। मङ्सिर १० गतेसम्म सरकारले एक अर्ब ७७ करोड ६४ लाख (१३.८१ प्रतिशत) चालु बजेट खर्च गरेको छ। प्रदेश सरकारले प्रस्तुत गरेको पहिलो बजेट प्रदेश सभाबाट पास नभएपछि गत असोजमा दोस्रो बजेट ल्याइएको थियो। बजेट पास नहुँदा प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयका कर्मचारीले दुई महिनासम्म तलब पाएका थिएनन्। यसैगरी मन्त्रालयहरु पनि उधारोमा चलेका थिए।
चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको छ। जसमध्ये मङ्सिर १० गतेसम्म तीन अर्ब ९६ लाख रुपियाँ ९९।२२ प्रतिशत० बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ १२ करोड तीन लाख र पुँजीगततर्फ एक अर्ब १५ करोड ३५ लाख गरी कुल एक अर्ब २७ करोड ३९ लाख रुपियाँ बजेट खर्च गरेको छ। यसैगरी, सामाजिक विकास मन्त्रालयले चालुतर्फ ५७ करोड ९० लाख र पुँजीगतर्फ चार करोड ९१ लाख गरी ६२ करोड ८१ लाख रुपियाँ बजेट खर्च गरेको छ।
यस्तै, प्रदेश व्यवस्थापिकाले चार करोड ६२ लाख, प्रदेश लोक सेवा आयोगले एक करोड सात लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले चार करोड ५३ लाख रुपियाँ बजेट खर्च गरेका छन्। यसैगरी, आर्थिक मामिला मन्त्रालयले तीन करोड ५६ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २० करोड ७८ लाख रुपियाँ बजेट खर्च गरेका छन्।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ १५ करोड चार लाख र पुँजीगत एक करोड पाँच लाख गरी कुल १६ करोड नौ लाख रुपियाँ बजेट खर्च गरेको छ। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक करोड ८२ लाख रुपियाँ बजेट खर्च गरेको छ। त्यस्तै, प्रदेश योजना योजना आयोगले ४७ लाख रुपियाँ बजेट खर्च गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: