धनगढी। चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सकिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट खर्च प्रगति न्यून देखिएको छ। पुँजीगततर्फ कुल १८ अर्ब ६७ करोड २४ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले प्रथम चौमासिकमा एक अर्ब २३ करोड ४२ लाख रुपियाँ खर्च गरेको हो। जुन खर्च प्रगति ६.५७ प्रतिशत रहेको छ।
अहिलेसम्म पुँजीगत बजेट थोरै खर्चेको प्रदेश सरकारको चालु बजेट खर्च प्रगति भने तुलनात्मक रुपमा बढी रहेको छ। मङ्सिर १० गतेसम्म सरकारले एक अर्ब ७७ करोड ६४ लाख (१३.८१ प्रतिशत) चालु बजेट खर्च गरेको छ। प्रदेश सरकारले प्रस्तुत गरेको पहिलो बजेट प्रदेश सभाबाट पास नभएपछि गत असोजमा दोस्रो बजेट ल्याइएको थियो। बजेट पास नहुँदा प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयका कर्मचारीले दुई महिनासम्म तलब पाएका थिएनन्। यसैगरी मन्त्रालयहरु पनि उधारोमा चलेका थिए।
चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको छ। जसमध्ये मङ्सिर १० गतेसम्म तीन अर्ब ९६ लाख रुपियाँ ९९।२२ प्रतिशत० बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ १२ करोड तीन लाख र पुँजीगततर्फ एक अर्ब १५ करोड ३५ लाख गरी कुल एक अर्ब २७ करोड ३९ लाख रुपियाँ बजेट खर्च गरेको छ। यसैगरी, सामाजिक विकास मन्त्रालयले चालुतर्फ ५७ करोड ९० लाख र पुँजीगतर्फ चार करोड ९१ लाख गरी ६२ करोड ८१ लाख रुपियाँ बजेट खर्च गरेको छ।
यस्तै, प्रदेश व्यवस्थापिकाले चार करोड ६२ लाख, प्रदेश लोक सेवा आयोगले एक करोड सात लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले चार करोड ५३ लाख रुपियाँ बजेट खर्च गरेका छन्। यसैगरी, आर्थिक मामिला मन्त्रालयले तीन करोड ५६ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २० करोड ७८ लाख रुपियाँ बजेट खर्च गरेका छन्।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ १५ करोड चार लाख र पुँजीगत एक करोड पाँच लाख गरी कुल १६ करोड नौ लाख रुपियाँ बजेट खर्च गरेको छ। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक करोड ८२ लाख रुपियाँ बजेट खर्च गरेको छ। त्यस्तै, प्रदेश योजना योजना आयोगले ४७ लाख रुपियाँ बजेट खर्च गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: