Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पत्रकार महासंघ अध्यक्ष पदका उम्मेदवार शर्मा र विष्टका आ–आफ्नै जित्ने आधार

खबरडबली संवाददाता

काठमाडौंं। मंसिर २८ मा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवारका रूपमा शर्मा मैदानमा छन् भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा रहेका छन् ।विशेषगरी शर्मा र विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दुवै उम्मेदवारले आफ्नो जीत निश्चित भएको दावी पेस गरेका छन् ।

अध्यक्षका उम्मेदवार विष्टले आफूले लामो समयसम्म महासंघमै बसेर काम गरेको अनुभवलाई सदुपयोग गर्न र दलीय सिन्डिकेट तोड्नुका साथै पत्रकारिता पेशालाई व्यवस्थित गर्नका लागि नीति र कानुनमा परिवर्तन ल्याउन उम्मेदवारी दिएको दाबी गरे ।

आफू उठ्नका लागि र स्टन्ट गर्नका लागि उम्मेदवार नबनेको बताउँदै विष्टले महासंघमा लामो समय भोलेन्टियर भएर काम गरेको मूल्यांकन यस पटक हुने उनको भनाइ छ । ‘म कसैको इसारामा अथवा कसैलाई सेवा गर्न जाँदे छैन । त्यसैले मेरो जीत सुनिश्चित छ । मैले अगाडि सारेको एजेन्डा र अहिलेसम्म पाएको प्रतिक्रिया अनुसार राम्रो मतका साथ चुनाव जित्दै छु,’ उनले भने ।

नेपालमा प्रेस कानुनहरू नबनिरहेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौति रहेको एवं परम्परागत र नयाँ डिजिटल मिडियाबिचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्दै पुर्नसंरचना आवश्यक भएकाले पनि महासंघको नेतृत्व सबल र अनुभवी चाहिने उनले बताए ।

‘विशेषगरी महासंघभित्रै शुद्धीकरण जरुरी छ । अन्य नीतिगत र कानुनी कुराहरूमा पुनसंरचना गर्नुपर्ने आवश्यकता छ । पत्रकारितामाथि धेरै प्रश्नहरू उठेका छन् । विहानदेखि रातिसम्म कर्म गर्ने तर त्यसको उचित पारिश्रमिक नपाउने एउटा बिडम्वनापूर्ण अवस्था पनि छ । यसका लागि अनुभवी र श्रमजीविका मुद्दा बुझ्नसक्ने नेतृत्व आवश्यक छ,’ उनले भने ।

विष्टले पत्रकार महासंघले सोचेअनुसार काम गर्न नसकिरहेको गुनासोहरू आइरहेकाले यसका लागि पहिले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राखे । उनले भने,‘राजनीतिक हस्तक्षेप प्रष्ट देखिएको छ । दलीय सिन्डिकेट तोड्नैपर्छ । अहिले पत्रकारितका क्षेत्रमा प्रशस्त प्रश्नहरू उठेका छन् । त्यसैले पत्रकारहरूलाई परेको समस्या र सुरक्षा समस्याहरू करिब छ महिनाभित्र परिवर्तन गराउने मेरो लक्ष्य छ ।’

त्यस्तै, अध्यक्षकी उम्मेदवार शर्माले महासंघको गरिमा र कुण्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिएकी छन्। शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरूका सबैखाले मुद्दाहरूको समाधानमा आफू सक्षम भएको दाबी गरिन् ।

उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुगाउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रूपमा भूमिका खेलेको पनि बताइन् । उनले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताइन् ।

उनले भनिन्, ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० वर्षदेखि लगातार आवद्ध छु । मिडियामा श्रम गरिरहेकी छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुगाउनको लागि धेरै योगदान छ । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनकी सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्दा आफू डटेर लागेकी हुँ ।’

साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसँग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर सच्चा श्रमजीवी पत्रकार भएको बताइन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending