Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

लुम्बिनी महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु, परीक्षणका लागि माटो बोकेर आउने किसानको लर्को

खबरडबली संवाददाता

भैरहवा । भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो । नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएका छन् ।

पछिल्लो समय कृषकहरुले गरिरहेको अन्नबाली र तरकारी खेतीबाट उत्पादनमा आइरहेको ह्रासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘माटोको अवस्था पत्ता लगाउन र के–कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गर्ने व्यवस्था गरेका हौं’, उनले भने, ‘यसले किसानलाई उत्पादन बढाउन र मुनाफा कमाउन सहयोग पुग्ने विश्वास छ ।’

जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा निर्भर छन् । तर, नजिक माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् । महोत्सवमा गरिएको निःशुल्क माटो परीक्षणमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ । प्रयोगशालामा गएर आफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण महोत्सवमै सेवा दिनका लागि माटोको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको कृषि व्यवस्थापन संयोजक समेत रहेकी संघकी सदस्य यमकला न्यौपानेले बताइन् ।

‘जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढी भइरहेको छ, उत्पादन र उत्पादकत्व घट्दो छ’, उनले भनिन्, ‘यहाँ गरिएको परीक्षणले माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्नेछ । अर्कातर्फ किसानलाई माटो सुहाउँदो ब्यवसायिक खेतीतर्फ आकर्षित गराउन पनि सहयोग पुग्नेछ ।’

पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु गरिएको आयोजकको भनाई छ ।

‘रुपन्देहीको ग्रामीण क्षेत्रमा राम्रो उब्जनी हुन्छ तर निरन्तरको रासायनिक मलको प्रयोगले किसानहरुले चाहेजति मुनाफा कमाउन सकिरहेको अवस्था छैन’, संघका अध्यक्ष श्रेष्ठले भने, ‘यसैल महोत्सवस्थलमा हामीले माटो परीक्षण शिविर संचालन गरेका हौं । यसले किसानले कस्तो माटोमा कुन किसिमको खेती गर्दा उब्जनी बढी हुन्छ भन्नेबारे जानकारी पाउनुहुनेछ । यसले उब्जनी बृद्धिमा सहयोग पुग्ने छ ।’

उनले सबै किसानको पहुँच प्रयोगशालासम्म नपुग्ने र नजिक प्रयोगशाला समेत नभएकाले धेरैले आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको बताए । ‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ’, उनले भने, ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौं ।’

आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माण गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण भइरहेको छ । कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् । मंगलबारदेखि सुरु निःशुल्क माटो परीक्षण २७ गतेसम्म गरी तीन दिन चल्नेछ । ‘महोत्सवमा नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण भइरहेको छ, यहाँ जुनसुकै किसानले आएर आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघकी सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’

भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिएको हो । ‘माटोको परीक्षण पछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाइरहेका छन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’

महोत्सवमा माटो परीक्षणका लागि आएका किसान कृष्णप्रसाद बश्याल र कुलप्रसाद भण्डारीले सहकारी र कृषि समूहमार्फत् धेरै किसानको माटो परीक्षणका लागि लिएर आएको बताए । उनीहरुले वर्षौसम्म माटोको परीक्षण गर्न नपाइएको जनाउँदै भैरहवामा महोत्सव आयोजकले किसानका लागि अवसर सिर्जना गरेको जनाए । उनीहरुले धेरै भन्दा धेरै किसानलाई लाभ लिन आग्रह गरे ।

माटो प्राविधिक तिलकबहादुर केसीले माटोको उत्पादन क्षमता, कुन खेती र तरकारी बाली लगाउँदा उत्पादन बढी हुन्छ भन्ने कुराहरु जाँच गरेपछि किसानलाई जानकारी दिने बताए । ‘माटोको प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ’, उनले भने, ‘यसले माटोको अवस्था पत्ता लगाउन मद्दत गर्नेछ । यसपछि किसानलाई हामीले त्यहीअनुसार सुझाव दिनेछौं ।’ महोत्सवमा माटो परीक्षण गराउन गाउँगाउँबाट किसान आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending