Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

लुम्बिनी महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु, परीक्षणका लागि माटो बोकेर आउने किसानको लर्को

खबरडबली संवाददाता

भैरहवा । भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो । नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएका छन् ।

पछिल्लो समय कृषकहरुले गरिरहेको अन्नबाली र तरकारी खेतीबाट उत्पादनमा आइरहेको ह्रासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘माटोको अवस्था पत्ता लगाउन र के–कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गर्ने व्यवस्था गरेका हौं’, उनले भने, ‘यसले किसानलाई उत्पादन बढाउन र मुनाफा कमाउन सहयोग पुग्ने विश्वास छ ।’

जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा निर्भर छन् । तर, नजिक माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् । महोत्सवमा गरिएको निःशुल्क माटो परीक्षणमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ । प्रयोगशालामा गएर आफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण महोत्सवमै सेवा दिनका लागि माटोको निःशुल्क परीक्षण शिविर आयोजना गरिएको कृषि व्यवस्थापन संयोजक समेत रहेकी संघकी सदस्य यमकला न्यौपानेले बताइन् ।

‘जथाभावी रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढी भइरहेको छ, उत्पादन र उत्पादकत्व घट्दो छ’, उनले भनिन्, ‘यहाँ गरिएको परीक्षणले माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्नेछ । अर्कातर्फ किसानलाई माटो सुहाउँदो ब्यवसायिक खेतीतर्फ आकर्षित गराउन पनि सहयोग पुग्नेछ ।’

पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु गरिएको आयोजकको भनाई छ ।

‘रुपन्देहीको ग्रामीण क्षेत्रमा राम्रो उब्जनी हुन्छ तर निरन्तरको रासायनिक मलको प्रयोगले किसानहरुले चाहेजति मुनाफा कमाउन सकिरहेको अवस्था छैन’, संघका अध्यक्ष श्रेष्ठले भने, ‘यसैल महोत्सवस्थलमा हामीले माटो परीक्षण शिविर संचालन गरेका हौं । यसले किसानले कस्तो माटोमा कुन किसिमको खेती गर्दा उब्जनी बढी हुन्छ भन्नेबारे जानकारी पाउनुहुनेछ । यसले उब्जनी बृद्धिमा सहयोग पुग्ने छ ।’

उनले सबै किसानको पहुँच प्रयोगशालासम्म नपुग्ने र नजिक प्रयोगशाला समेत नभएकाले धेरैले आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको बताए । ‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ’, उनले भने, ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौं ।’

आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माण गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण भइरहेको छ । कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् । मंगलबारदेखि सुरु निःशुल्क माटो परीक्षण २७ गतेसम्म गरी तीन दिन चल्नेछ । ‘महोत्सवमा नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण भइरहेको छ, यहाँ जुनसुकै किसानले आएर आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघकी सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’

भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिएको हो । ‘माटोको परीक्षण पछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाइरहेका छन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’

महोत्सवमा माटो परीक्षणका लागि आएका किसान कृष्णप्रसाद बश्याल र कुलप्रसाद भण्डारीले सहकारी र कृषि समूहमार्फत् धेरै किसानको माटो परीक्षणका लागि लिएर आएको बताए । उनीहरुले वर्षौसम्म माटोको परीक्षण गर्न नपाइएको जनाउँदै भैरहवामा महोत्सव आयोजकले किसानका लागि अवसर सिर्जना गरेको जनाए । उनीहरुले धेरै भन्दा धेरै किसानलाई लाभ लिन आग्रह गरे ।

माटो प्राविधिक तिलकबहादुर केसीले माटोको उत्पादन क्षमता, कुन खेती र तरकारी बाली लगाउँदा उत्पादन बढी हुन्छ भन्ने कुराहरु जाँच गरेपछि किसानलाई जानकारी दिने बताए । ‘माटोको प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिने छ’, उनले भने, ‘यसले माटोको अवस्था पत्ता लगाउन मद्दत गर्नेछ । यसपछि किसानलाई हामीले त्यहीअनुसार सुझाव दिनेछौं ।’ महोत्सवमा माटो परीक्षण गराउन गाउँगाउँबाट किसान आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थी स्रंगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय स...

देशको राजनीतिक अवस्था सहज छैनः प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर ...

समस्याग्रस्त सुमेरु सहकारीको कार्यालय सिल

काठमाडौं । ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ । बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समित...

देशलाई आर्थिक रुपमा गतिशील बनाउन सबैको मेहनत आवश्यक छः प्रचण्ड

नेपालगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा देशलार्ई चाँडै आर्थिक ...

एमाले–कांग्रेसले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र गरिरहेका छन्ः सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनाराय...

असनमा भएकाे आगलागीबाट ३५ लाखको क्षति

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौ...

३५ दिन बित्दा पनि पाएन काठमाडौं महानगरले नयाँ प्रशासकीय अधिकृत, कामकाज ठप्प

काठमाडौं ।  भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत हटाएको काठमाडौं महानगरपालिकालाई संघीय सरकारले नयाँ प्रशासकीय अधिकृत दिन ढिलाइ गरेको छ।  ...

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ

काठमाडौं । लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपाल...

खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला चोरी

दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भ...

क्याम्पस हिँडेकी छात्रालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक छात्रालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy