Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

खबरडबली संवाददाता

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ।

बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो।

रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए।

एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए।

एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को बराबरीमा ल्याए।

५६ मिनेटमा रियलका भिनिसियस जुनियरले रियलका लागि दोस्रो गोल गरे।

लगत्तै ५९ मिनेटमा रियलका बेलिंघमले अर्को गोल थपे।

एटलान्टाका लुकम्यानले ६५ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त थिएन।

जितसँगै रियल ९ अंकसाथ अंक तालिकामा १८ नम्बरमा छ। खराब लयमा रहेको रियलले ६ खेल खेल्दा जम्मा ९ अंक हासिल गरेको छ। एटलान्टा समान ६ खेलमै ११ अंक साथ नवौं स्थानमा छ।

जारी सिजनको च्याम्पियन्स लिगका सबै खेलमा अपराजित लिभरपुल १८ अंक साथ पहिलो स्थानमा छ।

लिगका अन्य खेलरूमा पेरिस सेन्ट जर्मनले साल्जवर्गलाई ३-०, बार्यन म्युनिखले साख्तारलाई ५-१, एस्टन भिल्लाले आरुबी लेइपजिगलाई ३-२ गोलले पराजित गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा आएन

बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...

ट्रम्प र सीबिच शिखर वार्ता हुने

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...

हावाहुरी र चट्याङको जोखिम आज पनि कायम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...

कालीगण्डकी नदीमा अवैध दोहन

बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: