काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ ।
न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए ।
निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको थियोे ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - ०९:३२
काठमाडौं । नेकपा एमालेमा फर्किन हतारिएका नेता वामदेव गौतमलाई पार्टीबाट निलम्बित नेतृ उषाकिरण तिम्सेनाले सुझाव दिएकी छन्। गत पुस १० देखि ६ महिनाका ...
माघ १० गते, २०८१ - ०९:२३
भक्तपुर । भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई प...
माघ १० गते, २०८१ - ०९:१८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्द...
माघ १० गते, २०८१ - ०९:१२
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग...
माघ १० गते, २०८१ - ०९:०४
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन्। यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म...
माघ १० गते, २०८१ - ०८:०३
काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दि...
माघ १० गते, २०८१ - ०८:००
गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासल...
माघ १० गते, २०८१ - ०७:४८
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक...
माघ १० गते, २०८१ - ०७:४१
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ प...
माघ १० गते, २०८१ - ०७:३६
लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेख...
प्रतिकृया लेख्नुहोस्: