काठमाडौँ। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार जितका लागि एक सय ६८ रनको रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।
चितवनका लागि लक बेनकेस्टिनले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २०, रिजन ढकालले अविजित १५, रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रन बनाए।
बलिङमा लुम्बिनीका कप्तान रोहितले चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रामोन सिमोन्डले दुई तथा साद विन जाफर र अविशेष गौतमले एक एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद विन जाफरले अर्धशतकीय इनिङ्स खेले । रोहितले ८० रन बनाए। उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो ।
साद विन जाफरले अविजित ५२ रन बनाए । उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।
बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए। पहिलो जितसँगै लुम्बिनीले पाँच खेलबाट दुई अङ्क बनाएको छ । लुम्बिनीलाई प्लेअफमा स्थान बनाउन अबका खेल जित्नुपर्ने बाध्यतासँगै अरुको नतिजाले पनि भर पर्नेछ ।
यस्तै पाँच खेलमा दोस्रो हार खेपेको चितवन ६ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुर बोल्ट्सको चार खेलबाट आठ अङ्क छ ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको चार खेलबाट ६ अङ्क छ । मङ्गलबार नै अर्को खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: