Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

खबरडबली संवाददाता

काठमाडौँ। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई  ३३ रनले हरायो । 

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार जितका लागि एक सय ६८ रनको रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।

चितवनका लागि लक बेनकेस्टिनले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २०, रिजन ढकालले अविजित १५, रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रन बनाए। 

बलिङमा लुम्बिनीका कप्तान रोहितले चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रामोन सिमोन्डले दुई तथा साद विन जाफर र अविशेष गौतमले एक एक विकेट झारे। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद विन जाफरले अर्धशतकीय इनिङ्स खेले । रोहितले ८० रन बनाए। उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो ।

साद विन जाफरले अविजित ५२ रन बनाए । उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए । 

बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए। पहिलो जितसँगै लुम्बिनीले पाँच खेलबाट दुई अङ्क बनाएको छ । लुम्बिनीलाई प्लेअफमा स्थान बनाउन अबका खेल जित्नुपर्ने बाध्यतासँगै अरुको नतिजाले पनि भर पर्नेछ । 

यस्तै पाँच खेलमा दोस्रो हार खेपेको चितवन ६ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुर बोल्ट्सको चार खेलबाट आठ अङ्क छ ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको चार खेलबाट ६ अङ्क छ । मङ्गलबार नै अर्को खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजान्छौं: प्रचण्ड

देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending