Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बिजुली बलेपछि झरोबाट छुटकारा

खबरडबली संवाददाता

बैतडी। गाउँमा यति छिटै बिजुली आउला र उज्यालोमा बसौँला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग परेको छन् ।  नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको मार्मा गाउँपालिकामा १२ करोड ७८ लाख रुपियाँ खर्च गरेर ३३ केभी विद्युत्को सबस्टेसन निर्माण गरेपछि टमटासहित यहाँका दुई पालिकाका २५ हजार बासिन्दा विद्युत्को पहुँचमा जोडिएका छन् । 

मार्मा गाउँपालिका–२, पारिबगर–लटैनाथ सबस्टेसन निर्माणको काम पूरा भएपछि आइतबार प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धामीले सबस्टेसनबाट मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका–१ का २५ हजार बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए। 

स्थानीय तहको पुनर्संरचना हुनुअघि मार्माली जनता झरो र टुकी बाल्दै आएको अध्यक्ष धामीले स्मरण गरे। उनले स्थानीय सरकारले अघि सारेको विद्युत्को मागलाई विद्युत् प्राधिकरणले महत्व दिएर बजेट विनियोजित गर्दा झरो बाल्ने गाउँमा बिजुली पुगेको बताए । 

शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको चमेलिया जलविद्युत्बाट २० किलोमिटर टाढा मार्मा गाउँपालिका–१, पारिबगरसम्म लाइन तानेर ३३ केभी सबस्टेसन निर्माण गरिएको छ । योजनाका लागि २० करोड रुपियाँको लागत अनुमान भए पनि १२ करोड ७८ लाख मात्रै खर्च भएको विद्युत् प्राधिकरण सुदुरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जङ्गबहादुर चन्दले बताए।  

ठेक्कामार्फत समयमै सबस्टेसन निर्माण भएपछि मार्मा गाउँपालिकाका १४ हजार ९५६ जनसङ्ख्या, अपिहिमाल गाउँपालिकाका छ हजार ७९८ र शैल्यशिखर नगरपालिका–१ का चार हजार जनसङ्ख्या गरेर २५ हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित भएको विद्युत् वितरण केन्द्र दार्चुलाका कार्यालय प्रमुख इन्जिनियर आनन्द सापकोटाले बताए। 

सबस्टेसन निर्माणपछि गाउँ गाउँमा विद्युत् विस्तार हुँदा स्थानीय खुसी भएको सामाजिक अगुवा नरबहादुर विष्टले बताए। चमेलिया नदीसँग जोडिएको दार्चुलाको मार्मा गाउँपालिकापछि प्राधिकरणले बैतडीको डिलासैनी गाउँपालिकामा पनि पूर्ण विद्युतीकरणको काम अगाडि बढाएको बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट हालसम्म सरकारको स्वामित्वमा रहेको बलाँचबाट ३० मेगावाट र निजी क्षेत्रको स्वामित्वमा ६५ मेगावाट गरी हाल ९५ मेगावाट विद्युत् उत्पादन भइरहेको  छ । 

बैतडी र दार्चुलालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले बैतडीको मेलौली नगरपालिका, दोगाडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा ३३ केभी सबस्टेसन निर्माणको काम भइरहेको छ । 

दार्चुलाको मार्मा सबस्टेसनको काम १८ महिनामा सम्पन्न हुँदा बैतडीमा भने तीन वर्षसम्म पनि निर्माणको काम पूरा नहुँदा मेलौली नगरपालिकाका स्थानीयले बिजुली उपभोग गर्न नपाएकाले सबस्टेसनका लागि जग्गा दिन पूर्वनगरप्रमुख एवं स्थानीयवासी कृष्णसिंह नायकले गुनासो गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending