कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन्। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँस लगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन्।
चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो। तालमा यसअघि नै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँस लगायत पुगेका छन्।
घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ। यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ। सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुन्दर पन्छीका रूपमा रहेको छ।
सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो-खैरो हुन्छन्। माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ।
‘कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ,’ चरा संरक्षणकर्मी सुवन चौधरीले भने, ‘यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ।’ उनका अनुसार कलहाँसले आहारका रूपमा सिमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन्।
प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ। शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ। साइबेरिया, युरोप लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरू हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन्।
चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन्। प्रजननको समय सुरू हुनअगावै फर्कने गरेका छन्। जल पन्छीका लागि आश्रयस्थलका रूपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउँछन्।
‘सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ,’ उनले भने, ‘जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - ०९:२९
काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...
कार्तिक २५ गते, २०८२ - ०९:२१
काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत् यसै साता आह्वान गर...
कार्तिक २५ गते, २०८२ - ०९:०७
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बने...
कार्तिक २५ गते, २०८२ - ०८:२५
काठमाडौं । नेकपा एमालेले पार्टी छोडी विभिन्न दलमा गएका पुराना नेताहरूलाई पुनः स्वागत गर्ने भएको छ। आज राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गर्...
कार्तिक २५ गते, २०८२ - ०८:१५
काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्...
कार्तिक २५ गते, २०८२ - ०८:०८
६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने
कार्तिक २५ गते, २०८२ - ०७:४७
काठमाडौं । ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ...
कार्तिक २५ गते, २०८२ - ०७:३३
नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै हुन्छ तेस्रो मुलुक निर्यात
कार्तिक २५ गते, २०८२ - ०७:३०
जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि ...
कार्तिक २५ गते, २०८२ - ०७:२१
काठमाडौँ । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरु गर्नुभएको झन्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन...




प्रतिकृया लेख्नुहोस्: