Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने बनाइएका मोटरसाइकल आज नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो । ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन् ।

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेश केन्द्रित राजनीतिक दलको कार्यदल बैठक बस्दै

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ।  संयुक्त मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको बैठक वि...

यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको...

देवघाटमा स्नान गर्नेको घुइँचो, गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था (तस्बिर)

नवलपुर । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।  तीर्थालुको सुविधाका लागि ...

लेखराज भट्टको भाइरल भिडिओ- एमालेमा हेपिएका छौं, अध्यक्षले नै हामीलाई आतंककारी भनिदिनुहुन्छ

प्रचण्डसँग जस्तो ओलीसँग जुध्न सक्दिनँ, जनयुद्ध नभएको भए उहाँ यो ठाउँमा पुग्नुहुँदैनथ्यो

बेलायतसँगको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन...

२५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन्।  हिजो बसेको बढुवा समितिको...

सरकारको कामप्रति विश्वप्रकाश असन्तुष्ट, भन्छन्- कामको गति पुगेको छैन

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन् ।  गृहजिल्ला झापाको मेचीनगरमा पत्रकार भेटघाट...

बाहुनडाँगीमा तरुल महोत्सव- तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

झापा । माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको...

विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित, आयातभन्दा १३ करोड बढीको निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसा...

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy