Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गरिब प्रधानमन्त्रीका करोडपति मन्त्रीहरू

\"Cabinet\"काठमाडौं । देश गरिब भए पनि नेपालमा मन्त्रीहरु निकै धनी छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ मन्त्रीहरुले सम्पत्ति लुकाएर सम्पत्ति विवरण बुझाउँदा पनि मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिन्छ ।   हाल मन्त्री परिषद्मा रहेका मध्ये १/२ जनाले मात्र आफ्नो इज्जत राखेर काम गर्न सकेका छन् । अरु सबै आर्थिक विवादमा मुछिएका छन् । तर, सम्पत्ति विवरण भने उनीहरुले गत वर्षको तुलनामा नबढेको दाबी गरेका छन् । प्रधानमनत्री सुशील कोइरालाको मोबाइल बाहेक केही सम्पत्ति देखाइएको छैन । उनका आसेपासेहरुले करोडौं सम्पत्ति जोडेका छन् भने प्रधानमन्त्रीसंग गतवर्ष जस्तै मोबाइलबाहेक अरु केही पनि सम्पत्ति नबढेको उल्लेख छ ।   लालबाबुको खातामा ४९ लाख काठमाडौं । अहिलको मन्त्रिमण्डलका सबैभन्दा चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ । एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ । घरबारविहीन वामदेव पटकपटक मन्त्री भएका उपप्रधान एवंगृहमन्त्री वामदेव गौतमको कौ घर छैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । घर नभए पनि उनीसंग प्रशस्त सम्पत्ति भने छ । दर्जन कम्पनीमा अर्थमन्त्रीको सेयर करोडपति मन्त्रीका रुपमा चिनिने अर्थमन्त्री रामशरण महतको श्रीमती रोशनाको नाममा काठमाडौंमा २ वटा घर छन् । धापासीमा एक रोपनी रबुढानिलकण्ठमा २ रोपनी चपलीमा आठ आना, काभ्रेको साठी घरमा १२ रोपनी, नुवाकोटको चौघडामा ६९ रोपनी जग्गा छ । सुनमा पनि उनी धनी मन्त्रीका रुपमा देखिएका छन् । ५९ तोला सुन रहेको उनले उल्लेख गरेका छन् । महतको हिमालयन ब्यांक, स्टाण्डर्ड चार्टडा बैंक, नेपाल बैंक, सत्तगण्डकी बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेमिकमसहितका एक दर्जन जत्ति कम्पनीमा सेयर छ । शिक्षामन्त्री यादवको ६ वटा घर शिक्षामन्त्री चित्रलेखा यादवको पनि सम्पत्ति प्रशस्त देखिएको छ । उनका ६ वटा घर छन् । सिरहामा ३ र ललितपुमार ३ वटा घर छन् । २० लाख बचत र विभिन्न कम्पनीमा सेयर छ । त्यस्तै, पर्यटन मन्त्री कृपासुर शेर्पाको ५ वटा घर छन् । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको १७ रोपनीमा क्षेत्रफल भएको जग्गामा आलिसान महल छ । काठमाडौंमा उनका दुईवटा घर छन् । भौतिक योजना मन्त्री विपलेन्द्र निधिले धनुषमा पुख्र्यौली सम्पत्ति देखाएका छन् । उनको ६० तोला सुन र १५० तोला चाँदी छ । १० लाख रुपैयाँ नगद रहेको उनले उल्लेख गरेका छन् । पत्नीको नाममा हिमालयन ब्याकंनमा ४० लाख रुपैयाँ राखेका छन् ।   मन्त्री महेश आचार्यको काठमाडौं र मोरङमा एकएक वटा घर छन् । विभिन्न बैंकमा गरी ५६ लाख रुपैयाँ बचत छ ।   सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको काठमाडौंमा १० रोपनी जग्गा तथा विराटनगरमा साढे सात कठ्ठामा बनेको घर छ । उनको पनि विभिन्न कम्पनीमा गरी ५० लाखभन्दा बढीको सेयर छ । मन्जुश्री इन्भेष्टमेन्टमा मत्रै ४४ लाख ७५ हजार रुपैयाँको सेयर छ । सिंचाई मन्त्री एनपी सावदको पनि काठमाडौंमा घर छैन । डडेल्धुराको बगरकोट र कञ्चनपुरको भीमदत्तमा उनको घर छ । सुन ४४ तोला, चाँदी १०२ तोला तथा हिराका गहनाहरुसमेत छन् । श्रीमतीका नाममा ६० हजार रुपैयाँ बचत देखाइएको छ। अर्की विवादास्पद उर्जामन्त्री राधा ज्ञवालीको बुटवलमा मात्र घर छ । बुटवल बर्दिबासमा जग्गा छोरीको नाममा ९ लाख १० हजार नगद र १२ तोला सुन छ ।   सहरी विकास मन्त्री नारायण खड्काको बुढानिलकण्ठमा दुईवटा घर छन् । उदयपुरमा जग्गा छ । सुन १८ तोला र ६ हजार दुई सय अमेरिकन डलर बचत छ ।   परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको एउटै मात्र घर छ । १० आना जग्गामा उनले घर बनाएका छन् । नगद तीन लाख १० तोला सुन, १५ लाख नगद सम्पत्ति देखाएका छन् । बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापासँग पनि प्रशस्त सम्पत्ति छ । काठमाडौंमा दुईवटा घर र झापा तथा मोरङमा प्रशस्त जग्गा छ । भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको पाल्पा र काठमाडौंका साथै बेलायतमा समेत घर रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending