Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालमा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौँ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानीमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ यही मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ । 

चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए । 

मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको बताए । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । 

महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरु प्रदर्शन हुनेछन् । चार दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने आयोजक समितिले जनाएको छ । 

महोत्सवको प्रिमियर चलचित्रका रुपमा ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ प्रदर्शन हुनेछ । यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो । त्यस्तै ‘अल वि इम्याजिन एज लाइट’ यही मङ्सिर २५ गते प्रदर्शन हुनेछ । यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो । 

सुविना श्रेष्ठको निर्देशनमा बनेको ‘देवी’ यही मङ्सिर २६ गते प्रदर्शन हुने आयोजकले जनाएको छ । बर्लिन अन्तर्राष्ट्रिय महोसत्वमा अवार्ड जितेको ‘एन अड टर्न’ २६ मंसिर मा प्रदर्शन हुनेछ । 

महोत्सव आयोजनाको अवसर पारेर वृत्तचित्रका ‘मेन्टर’ तथा सम्पादक निलोतपल मजुम्दरले चार दिने कार्यशालाको प्रशिक्षण दिने जनाइएको छ । कार्यशालामा नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागी हुनेछन् । महोत्सवका दौरानमा विभिन्न समूह छलफल र फोटो प्रदर्शनीलगायत हुने आयोजकको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending