काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
विभागका अनसार आज राति कर्णालीलगायत सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८१ - ०९:३२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। लामिछाने बिहान कार्यलय खुल्ने...
पौष २८ गते, २०८१ - ०९:२८
काठमाडौं । शिक्षक सेवा आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको छ। आइतबार सूचना जारी गर्दै आयोगले एक महिने म्याद राखेर विभिन्न विषयक...
पौष २८ गते, २०८१ - ०९:१२
काठमाडौं । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्। "म त्यस्तो कलिलो उम...
पौष २८ गते, २०८१ - ०९:०६
दोहा । इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्...
पौष २८ गते, २०८१ - ०८:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन्। लामिछाने बिहान कार्यलय खुल्न...
पौष २८ गते, २०८१ - ०८:५०
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...
पौष २८ गते, २०८१ - ०७:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेका ...
पौष २८ गते, २०८१ - ०७:४५
सर्वाेच्चको नजिर– ऋण प्रवाहमा प्रत्यक्ष संलग्न नभएकालाई थुन्न मिल्दैन
पौष २८ गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गर...
पौष २८ गते, २०८१ - ०७:२९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपै...
प्रतिकृया लेख्नुहोस्: