Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

क्रिकेटप्रेमीको मोह: कीर्तिपुरको भीड अचानक भक्तपुरमा

खबरडबली संवाददाता

भक्तपुर। त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ ।

त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए । त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरुबाट आएका खेलाडीहरु थिए ।

खेलाडीको टोली साँंझ पाँच बजे भक्तपुर पुगेको थियो । टोलीले भक्तपुर दरवार क्षेत्र र पाँचतले मन्दिर क्षेत्र (ङातापोल) को अवलोकन गरेका थिए । टोलीले झण्डै एक घण्टा अवलोकन भ्रमण गरेका थिए । टोलीलाई दतात्रय स्क्वायरको पनि भ्रमण गराउने योजना भए पनि भक्तपुर दरवार स्क्वायर र पाँंचतल्ले मन्दिर क्षेत्र भन्दा अलि पर भएको र समय अभाबका कारण दतात्रय क्षेत्रमा लगिएको थिएन ।

टोलीलाई यसअघि भव्य स्वागत गरिएको थियो । बाजागाजाको टोलीले उनीहरुलाई भक्तपुरको दरवार क्षेत्र प्रवेश गर्ने खौमा प्रवेशद्धारमा स्वागत गरिएको थियो । टोलीमा सहभागी खेलाडी र प्राविधिहरु सवैलाई एउटाएउटा टोली लगाइदिनुका साथै खादा लगाइदिएर स्वागत गरिएको थियो । सहभागी सम्पूर्ण टोलीको  स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइएको थियो ।

परम्परागत धिमे बाजाका साथ नेपाली टोपी लगाएका दर्जनौ नेपाली तथा विदेशी पर्यटकहरु देखेपछि त्यहाँं भीड बढेको थियो । त्यसमाथि नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई देखेपछि धेरैले उनीसँंग बसेर फोटो खिचाएका थिए । फोटा खिचाएनन् मात्रै धेरै युवायुवतीहरुले उनको अटोग्राफी पनि लिन भ्याए । कति युवाहरुले त आआआफनो छातीमा उनको हस्ताक्षर गर्न लगाए । यो क्रम उनी भ्रमण गरेको एकघण्टाको अवधिभर बाटोभरि चलिरहयो ।

यसै पनि भक्तपुरमा शनिबार भीड हुन्छ, कार्यक्रममा सहभागी एकजना युवाले भने, क्रिकेटर नेपाली टोपीमा बाजागाजासहित भ्रमणमा आएपछि त हेर्ने आउनेहरुको भीड लाग्ने नै भयो ।  भक्तपुर नगरपालिकाको दावी अनुसार शनिबार एक दिनमा मात्रै एक लाखदेखि डेढ लाख ९एक लाख ५० हजार० आन्तरिक पर्यटक भक्तपुर भ्रमणमा आउने गरेका छन् । त्यसका साथमा तथ्यांकै केलाएर हेर्ने हो भने भक्तपुर नगरमा दैनिक एक हजार भन्दा वढी विदेशी पर्यटकहरु पर्यटक शुल्क तिरेर भक्तपुर भ्रमण गर्न आउने गरेको तथ्यांक छ । नगरपालिकाले नगर अवलोकन गर्न आउने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाएर तथ्यांक राख्ने गर्दै आएको छ ।

टोलीका स्वागत तथा भ्रमणमा विभिन्न खेलाडीहरु तथा क्रिकेट खेलप्रति मोह राख्ने सर्वसाधारण पनि उतिकै सहभागी थिए । नेपाल भलिबल महासंघका केन्द्रिय कोषाध्यक्ष गौतम सुजखू, नेपाल भविबल संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिलगायतका दर्जनौ खेलाडीहरु सहभागी थिए । 

पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरले देखाएको मायाप्रति हर्ष प्रकट गरे । साथै आगामी दिनमा पनि आफूहरुलाई यही किसिमको माया पाउने आशा उनले गरे । नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू भक्तपुर आइका थिए । टोलीलाई नेपाल इको प्यानललगायतको खेलाडी तथा अन्यले स्वागत गरेको थियो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए । “टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए । भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गरेको उनको विश्वास छ ।

टोलीको सम्मान रात्रीभोजसमेत भएको थियो । टोलीलाई जुजु धौ ९दही० लगायतका परिकार दिएर सम्मान गरिएको थियो ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जाने भएका छन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending