भक्तपुर। नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गतेदेखि २२ गतेसम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ ।
गाँउपालिकाका बिभिन्न वडाहरुमा मंसिर १७ गतेदेखि १९ गतेसम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट एक हजार तीन सय ६ जना बिरामीहरुले आबश्यक ओषधि सहित प्रत्यक्ष उपचार पाएका थिए भने एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएको थियो ।
शिविरबाट छानिएका मोतिबिन्दु शाल्यक्रिया गर्नुपर्ने विरामीहरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएकोमा जम्मा एक सय जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।
शिविर महाभारत गाउँपालिकाका संपूर्ण वडाहरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग बिशेषज्ञ तथा आँखा अस्पताका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।
यसअघि ख्वप तिलगंगा आँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरुमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाँउपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताए ।
शल्यक्रिया शिविरमा १३ बर्षको बालकदेखि १०० बर्षसम्मको बृद्वबृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै आँखाको ज्योती गुमाएका दिदी, भाइको पनि दुबै आँखाको सफल शल्यक्रिया गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: