Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

कैलालीबाट खैरो हेरोइनसहित सात जना पक्राउ

खबरडबली संवाददाता

धनगढी। लागुऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले सात जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले कैलालीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुको साथबाट कुल ११ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –४ भाटभटेनीनजिकबाट २७ वर्षीय रमेश भट्ट दुई ग्राम ४७० मिलिग्राम खैरो हेरोइनका साथ पक्राउ परेका छन् । 

यसैगरी, एक ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले धनगढी उपमहानगरपालिका –७ का १८ वर्षीय राजेश राना, २५ वर्षीय रामगोपाल रानालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका –१२ पानीघट्टनजिकबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

जानकी गाउँपालिका –९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका –४ का २८ वर्षीय गोपाल रामजाली मगरलाई प्रहरीले ५१० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ । यातायात कार्यालयनजिक शङ्का लागेर जेकचाँज गर्दा उनको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यस्तै, धनगढी उपमहानगरपालिका –८ संगमटोलका २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेश नाथले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending