Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन

खबरडबली संवाददाता

काठमाडौं ।नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ।

असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन्।

एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्रै गठबन्धनमा विद्रोह भएको हो।

विष्ट अघिल्लो कार्यकालमा पत्रकार महासंघको उपाध्यक्ष थिए। देउवा समूहनिकट मानिने विष्टले माओवादीनिकट प्रेस सेन्टरसँग गठबन्धन गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै उनले संयुक्त प्यानलको उम्मेदवारसहित प्रतिबद्धता पत्र पनि सार्वजनिक  गरे।

प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै विष्टलाई समर्थन गरेका छन्।

उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा  बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए।

उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए। उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए।

विष्टले वरिष्ठ उपाध्यक्षमा सेन्टरका रोशन पुरीलाई राखेका छन्।  

गठबन्धनमा केन्द्र र जिम्मेवार संगठनबाटै विद्रोह भएपछि यसको असर देशभरि पर्ने आँकलन गरिएको छ। गठबन्धनभित्र प्रदेश र जिल्ला-जिल्लामा भागबन्डा छ, यसलाई लिएर देशव्यापी असन्तुष्टि छ।

पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ।

दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन्। यसरी निर्वाचित हुने दलनिकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम, दलीय आज्ञा बढी मान्ने गरेका छन्।

यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने 'शुद्धीकरण' अभियान चलाइएको थियो। तर, यिनै दलनिकट संगठनहरूले यसमा लामो किचलो गरे। जेठमै हुनुपर्ने निर्वाचन सर्दै-सर्दै मंसिरमा पुगेको हो। 

देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन्। तर, नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन। 

यस्तो छ प्यानल

अध्यक्षः रमेश विष्ट

वरिष्ठ उपाध्यक्षः रोशन पुरी

उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)

समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह

महासचिवः लेखनाथ न्यौपाने

खुला सचिवः उत्तरसिंह विष्ट

मधेसी सचिवः श्रीजन झा

महिला सचिवः सरिता बराइली

दलित सचिवः वसन्त विक

आदिवासी जनजातिः भिषण राई

एशोसियट सचिव : विकास काकी

कोषाध्यक्षः रामकृष्ण अधिकारी

केन्द्रीय सदस्यहरू

कोशी प्रदेश केन्द्रीय सदस्य 

१. तीर्थ सिग्देल 

२. दीपेन्द्र कुमार राई

मधेस प्रदेश केन्द्रीय सदस्य :

१. राजु विश्वकर्मा 

२. संजय कुमार राउत

बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक)

१ . मणिराज गौतम 

२. मिनकुमार दाहाल

गण्डकी प्रदेश केन्द्रीय सदस्यः

१. दिपक भट्टराई

२.

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य

१. यानेन्द्र जिसी 

२. सुमन अधिकारी

कर्णाली प्रदेश केन्द्रीय सदस्य 

१. देवीराम देवकोटा 

२. यज्ञराज थापा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य

१. डिलबहादुर सिंह 

२. रामसिंह ठगुन्ना

उपत्यका प्रदेश केन्द्रीय सदस्य

१. अर्जुन पन्त  

२. सूर्य सुवेदी

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य

१. वीरेन्द्र ओली

२. साहास भट्ट

खुल्ला केन्द्रीय सदस्य

१. केशव बहादुर भुल

२. दामोदर खनाल

३. लेखनाथ खतिवडा

४ बुद्द लोप्चन

५ रामकुमार श्रेष्ठ

महिला

२. (आदिवासी, जनजाति) सरु राना

३. (मधेसी) मिनाकुमारी यादव

४. (खस आर्य) दिया चन्द

दलित केन्द्रीय सदस्य

१.  लक्ष्मण दर्नाल (पुरुष)

२. (महिला) निर्विरोध

आदिवासी जनजाति

१.  अर्जुन बहादुर तामाङ (पुरुष)

२. (महिला) निर्विरोध

मधेसी

१. चन्द्रदेव कामती (पुरुष)

२. ललिताकुमारी साह (महिला)

अपाङ्गतातर्फ केन्द्रीय सदस्य

१. अर्जुन काफ्ले

अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य

 बख्तियार अलि

लेखा समिति संयोजक

ध्रुव रावल

लेखा समिति सदस्य

१. गणेश प्रसाद बन्जाडे (पुरुष)

२. लक्ष्मी चौधरी (महिला)

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending