Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

रवि लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै मध्यराति हिँडाएको पुष्टि

पोखरामा पुर्‍याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९०

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै प्रहरीले मध्यरातमा चितवनबाट पोखरा पुर्‍याएको पाइएको छ । 

बिहीबार राति ३ बजे पोखरा पुर्‍याएपछि गरिएको स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप देखिएपछि प्रहरीले लामिछानेको स्वास्थ्य अवस्था ख्याल नगरी रातारात हिँडाएको पाइएको हो । बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याइएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयको टोलीले शुक्रबार साँझ लामिछानेसँग भेटेर सोधपुछ गर्दा उनको स्वास्थ्य अवस्थाबारे नयाँ तथ्यबाहिर आएको हो । आयोगका अधिकारीका अनुसार चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९० थियो । कार्यालय प्रमुख नितु गर्तौला र मानव अधिकार अधिकृत टंक खनालले लामिछानेसँग सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै थिए ।

हाल रक्तचाप सामान्य रहेको लामिछानेले मानव अधिकार आयोगको टोलीसँग बताएका छन् । चितवनमा स्वास्थ्य जाँच गर्न माग गरे पनि प्रहरीले कास्की पुगेपछि मात्रै स्वास्थ्य परीक्षण गराएको लामिछानेले आयोग अधिकारीहरूसँग गुनासो गरेका छन् । 

लामिछानेले चितवनबाट पोखरा ल्याउने क्रममा आफूमाथि अमानवीय व्यवहार भएको र सूचनाको हकको समेत हनन गरिएको बताएका छन् । 

‘भोलिपल्ट पोखरा ल्याउने कुरा हुँदाहुँदै अचानक राति ल्याइयो । सञ्चो छैन, औषधि खाएको छु, चेक गरौँ भन्दाभन्दै पनि गरेनन् । टाउको दुखेर बिहानैदेखि औषधि सेवन गरेको थिएँ । तनाव नै थियो । घरपरिवार र वकिललाई जानकारी गराउँ भन्दा पनि नगराई लिएर आए,’ लामिछानेले आयोगको टोलीसँग भनेका छन्, ‘बाटोमा केही घटना भएको भए के हुन्थ्यो ? पटक–पटक घरमा र वकिललाई सूचना गरिदेऊ भन्दा पनि गरेनन् ।’

अनुसन्धानबारे जानकारी पाउनु हरेक नागरिकको अधिकार भएको खनालले बताए । ‘हरेक नागरिकको सूचनाको हक हुन्छ । हिरासतमा रहेका व्यक्तिले आफ्नो अनुसन्धान कहाँ पुग्यो, कहाँ लैजाँदै छ भनेर जान्न पाउँछ । स्वास्थ्य त झनै संवेदनशील कुरा भयो,’ खनालले नयाँ पत्रिकासँग भने । 

लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार नै मानव अधिकार हनन भएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएकी छिन् । सोही उजुरीपछि लामिछानेसँग सोधपुछका लागि आयोगको टोली गएको खनालले बताए । ‘उजुरी परेको विषयमा जानकारी लियौँ ।सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै हुनुहुन्थ्यो । सोधपुछका आधारमा भोलि (आइतबार) आयोग केन्द्रमा प्रतिवेदन पठाउँछौँ,’ उनले भने । 

खनालका अनुसार दुव्र्यवहार भएको विषय आयोगले हेर्नुपर्ने लामिछानेको माग छ । मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरातमा दुव्र्यवहार गरेको लामिछानेले आयोगको टोलीसँग बताएका छन् । ‘राति सुतिराखेको अवस्थामा चार–पाँचजना आएका थिए । एकजनाले मादक पदार्थ सेवन गरेको जस्तो थियो । मैले कुरा उठाएपछि एकजना त्यहाँबाट भागे,’ लामिछानेले आयोग टोलीसँग भनेका छन् । 

लामिछानेले माथिल्लो निकायको आदेशमा आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् । पोखरा प्रहरीसँग गुनासो नभएको र चितवन प्रहरीले पनि माथिको आदेश पालना गर्दा अमानवीय व्यवहार भएको लामिछानेको भनाइ छ । 

‘माथिको आदेशअनुसार ममाथि दुव्र्यवहार भएको भन्ने छ । सुरुमा भोलिपल्ट पोखरा आउने भनिएको थियो । सोहीअनुसार आराममा थिएँ । एक्कासि पोखरा जाने कुरा आयो । आइजीकै ठाडो आदेशमा यस्तो भएको हो भन्ने सुनेको छु । छानबिनमा सत्य–तथ्य बाहिर आउला,’ खनालले लामिछानेको भनाइ उद्धृत गर्दै भने । 

रास्वपाले सभापति लामिछानेलाई अनुसन्धानका नाममा यातना दिएर सरकारले मानव अधिकार हनन गरेको आरोप लगाएको थियो । सरकारी निर्देशनमा लामिछानेलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याएको रास्वपाको दाबी छ । आफन्त र कानुन व्यवसायीलाई जानकारी नदिई मध्यरातमा शंकास्पद तरिकाले हिँडाउँदा थुनुवाको आधारभूत मानव अधिकार हनन भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन् ।

लामिछानेलाई पोखरा हिरासतमा पुगेर शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र शनिबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले भेटेका छन् । भट्टराईले लामिछानेमाथि प्रतिशोध साधिएको बताएका छन् । शाहीले लामिछानेको मानव अधिकार हनन भएको प्रतिक्रिया दिएका छन् । रास्वपाले राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सबैसँग अपिलसमेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending