काठमाडौं । जारी एनपीएलमा शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्जक खेलम जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन बनाए। ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउनन सकेनन् ।
बलिङमा कर्णालीका नन्दन यादवले तीन विकेट लिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले।
विलियमले सर्वाधिक ६६ रन बनाए। उनले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनोएको हो । यस्तै देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए।
उनले चार पुरै चार ओभर बलिङ गर्दै १७ रन खर्चिए। यस्तै वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिए । कर्णलीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको वराटनगरले तेस्रो हार खेपेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: