Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष

खबरडबली संवाददाता

बैतडी । सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् । बनारसीधामका पुजारी एवं धार्मिक अगुवा ज्योतिष पं। गणेशप्रसाद पन्तले शुक्रबार दशरथचन्द नगरपालिकाका गोविन्द परियारको घरको विधिवत् पूजापाठ गरी घरको शिलान्यास गरे।  

लामो समयदेखि काठमाडौँ बस्दै आएका अधिवक्तासमेत रहेका पूर्व प्रहरी उपरीक्षक गोविन्द परियारले समाजमा बिस्तारै जातीय विभेद हट्न थालेपछि गाउँ फर्केर घर निर्माण गरेको बताए। दशरथचन्द नगरपालिका–८, त्रिपुरा पुर्ख्यौली घर भएका परियार नेपाल प्रहरीको उच्च पदमा पुग्ने सुदूरपश्चिमको पहिलो दलित समेत छन् । 

स्नातकोत्तर र कानुन विषयमा एलएलबी अध्ययन गर्नुभएका परियार सेवा निवृत्तपछि कानुन व्यवसायीका रूपमा काम गर्दै आउनु भएको छ । परियारको घरको विधिवत् शिलान्यासपछि ज्योतिष पं। गणेशप्रसाद पन्तले शुक्रबारको पूजासहित अहिलेसम्म १२४ जना दलितको घरमा कर्मकाण्ड गरिसकेको बताए । 

सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईलाई समेत जनैधारण गराइसकेको ज्योतिष पं। पन्तले बताए। शुक्रबार दशरथ चन्द नगरपालिकाको दलित बस्तीमा पुग्दा पं। पन्तलाई स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए । 

घरको शिलान्यासपछि अधिवक्ता गोविन्द परियारले राज्यको उच्च ओहोदामा पुगेर पनि समाजमा जातीय विभेद खेप्नु पर्दा पुर्ख्यौली घर छाडेर जिल्ला बाहिर बस्नु परेको पीडा सुनाए। आजबाट यो पीडाको अन्त्य गरेर धार्मिक गुरुबाट नयाँ कामको थालनी हुँदा खुसी भएको परियारले बताए। 

उनले भने, “मानिस सामाजिक प्राणी हो । समाजमा सम्मान र समानता छैन भने धन, सम्पत्ति, घर, गाडीजस्ता कुराले खुसी दिन सक्दैन । आफ्नो माटो र समाजमा फर्किन पाउँदा असाध्यै खुसी छु ।” 

दशरथ चन्द नगरपालिकामा बसाइसराइका कारण गाउँबस्ती रित्तिँदै गइरहेका बेला गोविन्द परियारजस्तो उच्चपदस्थ व्यक्ति गाउँ फर्केर घर बनाउनु समाजका लागि निकै ठुलो उपलब्धि भएको स्थानीय  सामाजिक अगुवा एवं पूर्व वडा सदस्य किसनसिंह गुरु क्षेत्रीले बताए । 

धर्म, संस्कृति, परम्परा समयसापेक्ष परिवर्तन र अनुकूलन हुँदै जानुपर्छ भन्ने कुरामा धार्मिक गुरु नै अग्रसर हुन थालेपछि परिवर्तनको सुरुवात भएको उनले बताए। 

पाटन नगरपालिका–८, खोडपे, बैतडी निवासी ज्योतिष पण्डित पन्तले धार्मिक कुरीति हटाउन अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक गरिसकेको बताए । 

उनले, धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय, लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा एकजुट भएर लाग्नुपर्ने स्पष्ट पारे। कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले पनि हटाउनुपर्नेमा उनले जोड दिए। 

उनले भने, “सुदूरपश्चिमका सबै जिल्लामा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारान, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै आइरहेको छु ।”

पन्तले थप्दै भने, “सन्या पूजामा अथर्व वेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुईँमा पानी खसाल्ने गलत काम भइरहेको छ । अथर्व वेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनायो । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ, तर त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद गरिरहेका छौँ । यस्ता कुरीति हटाउनु पर्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफैंले हत्या गरेर श्रीमती बेपत्ता भन्दै प्रहरीमा जाहेरी दिन पुगे श्रीमान

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending