Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

लुम्बिनीलाई सुदूरपश्चिमको नमिठो झट्का, सुदूरपश्चिम सँग ४५ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । लुम्बिनीको यो लगातार तेस्रो हार हो ।

हारसँगै लुम्बिनीको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।

सुदूरपश्चिमले भने जितको लय कायम राखेको छ । लगातार तेस्रो जित निकालेको सुदूरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेपनि सुदूरपश्चिम बलियो योगफल तयार गर्दै लुम्बिनीलाई झड्का दिन सफल भयो । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

जितका लागि एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो ।

लुम्बिनीको सुरुवाती ब्याटिङ लाइन धरासायी बन्यो । पहिलो पावर प्लेमै पाँच विकेट गुमाएकोदलुम्बिनीका लागि मध्यक्रममा ब्याट्सम्यान सन्दीप जोराले २० रन बनाए । 

त्यसपछि विवेक यादवले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उनले ५४ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाएको हो । दिनेश अधिकारीले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

लुम्बिनीलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलन र सईफ जैवले तीन तीन विकेट लिनुभयो । स्कट कुग्लेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए।

उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हाने । यस्तै ब्रान्डन म्याकमुलनले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाए। आरिफ शेख शून्य रनमा पेभेलियन फर्के । 

बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिए । शनिबार नै अर्को खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending