Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

आईपिएस प्रभातको कडा एक्सन: रक्सौलबाट २ अपराधी पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ।

नेपालको आर्थिक राजधानीको रूपमा परिचित बिरगंजसँग जोडिएको भारतीय सहर रक्सौलमा भारु ४२ लाखको लागुऔषध बरामद गरेको केही समय न बित्दै प्रहरीले भारु ३५ हजारको ईनामी अपराधी सहित २ जना लाई पक्राउ गरेको छ। लामो समयदेखि फरारको सुचिमा रहेका अपराधीहरू एसपी प्रभातको कडाई पछी धमाधम हाजिर हुन थालेका छन्।

रक्सौल स्थित प्रहरीले ईनामी अपराधी सहित दुईजना लाई पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा प्रहरी र एएलटीएफले संयुक्त अपरेशन मार्फत भारतीय सीमाना नजिकै इनामी अपराधी सहित दुई जनालाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारु ३५ हजार रुपैयाँको इनामी अपराधी रक्सौल भन्दा १० किलोमिटर टाढा रघुनाथपुर गाउँ घरभएका  मोहन साहनीका छोरा २५ बर्षीय अमीर साहनी रहेको मोतीहारीका एसपी सुवर्ण प्रभातले बताएका छन्।

उनीसँगै अर्का अपराधी पश्चिम चम्पारण जिल्ला मझौलिया गाउँका बागड साहनीका छोरा देवानन्द साहनी रहेको एसपी प्रभातले जानकारी दिएका छन्। उनीहरूले  कालो रङको रङको स्कार्पियो गाडीमा बिरगंजबाट ठुलो परिमाणमा नेपाली बिभिन्न ब्राण्डको मदिरा ल्याउँदै गरेका थिए। एसपी प्रभातको निर्देशनमा मोतीहारी जिल्ला भरिनै प्रहरीले मदिरा तस्करी विरुद्धको अभियान नै सञ्चालन गरेको छ। केही दिन अघि मात्र रक्सौल प्रहरी थाना र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित बिरगंजका राजा हुसैन लाई  पक्राउ गरेको थियो।

तिनसाता अघी मोतीहारी जिल्ला प्रहरी प्रमुखको रूपमा एसपी सुवर्ण प्रभातले कार्यभार सम्हाले पछि तस्कर तथा अपराधी माझ खैलाबैला मचेको छ। एसपी प्रभातको निर्देशनमा लामो समयदेखि फरारको सूचीमा रहेका अपराधीलाई पक्राउ गर्न मोतीहारी प्रहरीले एउटा अभियान नै चलाएको छ। अभियान अन्तर्गत सामो अवधिमा १०० भन्दा बढी अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी एसपी प्रभातको कडा एक्सन पछी तस्कर र अपराधीको भागाभाग भएको एकजना स्थानिय समाजसेवी दिलीप कुमार सर्राफले बताएका छन्। एसपी प्रभातको आगमन पछि मोतीहारी जिल्लाका सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरूको सेवाग्राही संग को ब्यवहार परिवर्तन भएको छ। कुनै पनि काम लिएर जाने सेवाग्राही संग स्वयं ईकाई प्रमुख भेटेर पहिले पानी ख्वाउने र त्यसको समस्या सुन्न एसपिले निर्देशन दिएका छन्।

एसपी सुवर्ण प्रभात स्वयं पनी उक्त नियमको पालना गर्दै दैनिक दर्जनौं सेवाग्राही संग भेटिरहेका छन्। यस अघि त्यहाँका थाना प्रमुख ठूला दलका नेताहरु संग मात्र भेट्ने सर्वसाधारण सेवाग्राही संग तलो तहका प्रहरी कर्मचारी मात्र भेट्ने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका थिए।३४ बर्षीय आईपिएस अफिसर प्रभात सर्वसाधारण जनता संग जोडिए पछी मात्र उनको बास्तविक समस्या बुझेर समाधानको उपाय खोज्न सकिने बताएका छन्। उनको कार्यकुशलता मोतीहारी जिल्लाको लागी एउटा छुट्टै उदहारण बनेको त्यहाँका सञ्चारकर्मीहरुको भनाई रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending