नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सो पार्कमा पिकनिक गर्न र पार्क अवलोकन गर्न पुग्नेहरूको सङ्ख्या पछिल्लो समयमा निकै बढेका छन् ।
सो पार्क निर्माण भएको छोटो समयमा नै धेरै आन्तरिक पर्यटक त्यहाँ पुगेको र त्यहाँ पिकनिक गर्न जानेहरूको दिनदिनै ठुलो भिड देखिने गरेको लायन्स क्लबका पूर्व डिष्टिक गभर्नर सेमराज शाक्यले बताए।
उनले लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याउन थालेको पनि बताए ।
लायन्स लोकल डेभलपमेन्ट कार्यक्रमअन्तर्गत २०७०–२०७१ देखि निर्माण सुरु गरिएको सो पार्क नेपालकै १०० औँ गन्तव्य भित्र पर्न सफल भएको छ । यसको सौन्दर्यीकरण तथा भौतिक पूर्वाधार निर्माण लायन्स क्लबले गराएको थियो ।
लायन्स गाभर पार्क निर्माण भएपछि गाभरमा होमस्टे समेतको व्यवस्था हुँदा स्थानीयले रोजगार प्राप्त गरी जीवन शैलीमै परिवर्तन भएको पार्क सञ्चालक समितिका सचिव तथा स्थानीय नारायण वलीले बताए ।
उहाँले पार्कमा वनभोज खान र प्रकृतिसँग रमाउने उद्देश्यले दैनिक सरदर जसो २०–२५ भन्दा बढी समूह विभिन्न जिल्लाबाट आउने गरेको बताए। सो पार्कलाई व्यवस्थित गर्नका लागि तारबार गर्न र भौतिक पूर्वाधारमा थप गर्न आफूहरू सक्रिय भएको पनि सचिव वलीले बताए ।
नेपालकै १०० औँ गन्तव्यमा पर्न सफल लायन्स गाभर पार्कमा वनभोज खाने र प्रकृतिसँग रमाउन पाइने भएको कारण आफूहरूको रोजाइको गन्तव्य भएको नेपालगन्ज ११ का जावेद राईले बताए। उनले पार्कको सौदर्यकरण र सरसफाइमा सधैँ यसरी नै ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए ।
सो पार्कमा घाँसे मैदान सफा गरी फूल तथा विभिन्न थरिका थप बिरुवा रोप्न आवश्यक रहेको राईको भनाइ छ । सो पार्कमा बाँकेलगायत बर्दिया, दाङ, सुर्खेतबाट पनि सर्वसाधारण आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको सो पार्कमा लायन्स क्लबले विभिन्न संरचना थप गर्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: