वीरगञ्ज । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
साहलाई जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहसहित अन्य प्रतिवादीहरुले ०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका–१ माधोपुरमा एक महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको सम्बन्धी मुद्दामा अनुसन्धान सुरु भएको थियो।
यस्तै, साहविरुद्ध ०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा समेत जाहेरी परेको थियो।
उक्त जाहेरीमा उच्च अदालत जनकपुर अस्थायी इजलास राजविराजबाट ०८० चैत ४ गते परमादेश जारी भएको थियो। सो परमादेश सरकारी वकिल कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ साउन ६ प्राप्त भएको सप्तरी प्रहरीको भनाइ छ।
साउन १४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भई १५ गते सप्तरी प्रहरीले पक्राउ अनुमति लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका साहलाई बिहीबार अपराह्न साढे चार बजे मधुवनी टोलबाट इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पक्राउ गरेको श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरमै राखिएको र आज बिदा परेकाले अदालतमा हाजिर गराउन नसकिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
यही मंसिर १६ गते भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार भई साह ६ सय ५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: