Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बलात्कारपछि हत्या आराेपमा समातिए नवनिर्वाचित वडाध्यक्ष

खबरडबली संवाददाता

वीरगञ्ज । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

साहलाई जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहसहित अन्य प्रतिवादीहरुले ०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका–१ माधोपुरमा एक महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको सम्बन्धी मुद्दामा अनुसन्धान सुरु भएको थियो।

यस्तै, साहविरुद्ध ०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा समेत जाहेरी परेको थियो।

उक्त जाहेरीमा उच्च अदालत जनकपुर अस्थायी इजलास राजविराजबाट ०८० चैत ४ गते परमादेश जारी भएको थियो। सो परमादेश सरकारी वकिल कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ साउन ६ प्राप्त भएको सप्तरी प्रहरीको भनाइ छ।

साउन १४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भई १५ गते सप्तरी प्रहरीले पक्राउ अनुमति लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका साहलाई बिहीबार अपराह्न साढे चार बजे मधुवनी टोलबाट इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पक्राउ गरेको श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरमै राखिएको र आज बिदा परेकाले अदालतमा हाजिर गराउन नसकिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

यही मंसिर १६ गते भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार भई साह ६ सय ५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending