Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

थेसिस गर्ने विद्यार्थीलाई छत्रेश्वरी गाउँपालिकाले २५ हजार सहयोग गर्ने

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउापालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिकाभित्रकै विद्यार्थीले पालिकाभित्रका कुनै पनि क्षेत्रसँग सम्बन्धित विषयमा थेसिस गरेमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

थेसिस सहयोग मार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरुप कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । ‘छत्रेश्वरी गाउँपालिकाभित्रकै कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री गर्दा पालिकासंग सम्बन्धीत विषयमा सोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको हो’, उनले भने ।

गाउँपालिकाको यस कार्यक्रमले विद्यार्थीलाई आफ्नै समुदायको समस्या, सम्भावना, र समाधानका उपायबारे अनुसन्धान गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।  सहयोगका लागि पालिकाभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । उनीहरूले आफ्नो थेसिसको शीर्षक, उद्देश्य, र प्रस्तावनासहित गाउँपालिकामा आवेदन दिनुपनर्ने छ ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेर स्थानीय युवा विद्यार्थीको क्षमतामा सानो भएपनि लगानी गर्ने निर्णय भएको बताए । ‘हाम्रो समुदायको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । उहाँहरुको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा गरेका छाैं, उनले भने ।

पालिकाको यो निर्णयले विशेष गरी निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने बताइएको छ । यसका साथै, विद्यार्थीले गर्ने अनुसन्धानले गाउँपालिकाका नीति निर्माण, विकास योजना, र अन्य स्थानीय समस्याहरूको समाधानमा टेवा पुग्ने विश्वास गरिएको छ । 

यो निर्णउपछि विद्यार्थीमा उत्साह देखिएको छ । छत्रेश्वरी ३ का विद्यार्थी प्रवेश दाहालले भने, ‘थेसिस गर्दा आर्थिक सहयोग उपलब्ध गराउने गाउँपालिकाको निर्णय महत्वपूर्ण छ । यसले हामीजस्ता विद्यार्थीलाई पढाइसँगै हाम्रो समुदायका लागि केही योगदान गर्न प्रेरणा दिनेछ ।’ विद्यार्थीले पालिका भन्दा अन्यत्र नै अनुसन्धान, खोजी कार्य गर्नेगरेकोमा पालिकाको निर्णय संगै आफ्नो ठाउँको बारेमा अध्ययन गर्नका लागि महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending