Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

थेसिस गर्ने विद्यार्थीलाई छत्रेश्वरी गाउँपालिकाले २५ हजार सहयोग गर्ने

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउापालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिकाभित्रकै विद्यार्थीले पालिकाभित्रका कुनै पनि क्षेत्रसँग सम्बन्धित विषयमा थेसिस गरेमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

थेसिस सहयोग मार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरुप कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । ‘छत्रेश्वरी गाउँपालिकाभित्रकै कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री गर्दा पालिकासंग सम्बन्धीत विषयमा सोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको हो’, उनले भने ।

गाउँपालिकाको यस कार्यक्रमले विद्यार्थीलाई आफ्नै समुदायको समस्या, सम्भावना, र समाधानका उपायबारे अनुसन्धान गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।  सहयोगका लागि पालिकाभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । उनीहरूले आफ्नो थेसिसको शीर्षक, उद्देश्य, र प्रस्तावनासहित गाउँपालिकामा आवेदन दिनुपनर्ने छ ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेर स्थानीय युवा विद्यार्थीको क्षमतामा सानो भएपनि लगानी गर्ने निर्णय भएको बताए । ‘हाम्रो समुदायको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । उहाँहरुको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा गरेका छाैं, उनले भने ।

पालिकाको यो निर्णयले विशेष गरी निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने बताइएको छ । यसका साथै, विद्यार्थीले गर्ने अनुसन्धानले गाउँपालिकाका नीति निर्माण, विकास योजना, र अन्य स्थानीय समस्याहरूको समाधानमा टेवा पुग्ने विश्वास गरिएको छ । 

यो निर्णउपछि विद्यार्थीमा उत्साह देखिएको छ । छत्रेश्वरी ३ का विद्यार्थी प्रवेश दाहालले भने, ‘थेसिस गर्दा आर्थिक सहयोग उपलब्ध गराउने गाउँपालिकाको निर्णय महत्वपूर्ण छ । यसले हामीजस्ता विद्यार्थीलाई पढाइसँगै हाम्रो समुदायका लागि केही योगदान गर्न प्रेरणा दिनेछ ।’ विद्यार्थीले पालिका भन्दा अन्यत्र नै अनुसन्धान, खोजी कार्य गर्नेगरेकोमा पालिकाको निर्णय संगै आफ्नो ठाउँको बारेमा अध्ययन गर्नका लागि महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending