संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाको एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । बुधबार दिउसो १स्३० बजे गाउँपालिकामा कार्यरत एम्बुलेन्स चालक आइत बहादुर राईलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा गाउँपलिका वडा नम्बर – ६ ठेगाना भएका अन्दाजी २२र २४ बर्षका बोलाउने नाम पर्वत राई र समीर राई रहेका दुई जना व्यक्ति गाउँपालिका वडा नम्बर – ६ को नँयावस्तीमा कुटपिट गरेको भन्दै पालिकामा कार्यरत कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कर्मचारीहरुले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीलाई एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सार्वजनिक स्थलमा गरेको कुटपिट तथा गैरकानुनी कार्यले कुनै पनि स्थानमा कर्मचारी सुरक्षित नभएको महशुस भएको जनाएको छ ।
प्रचलित कानुनको अधिनमा रहि गाउँपालिकाले निर्माण गरेको नीति, कार्यक्रम कार्यन्वन गर्ने कर्मचारीहरुको दाहित्व भएको कर्मचारीलाई यस प्रकारको कुटपिट तथा दुर्व्यहार गरिएको कारण सम्पूर्ण कर्मचारीहरूलाई असुरक्षा महशुस भएकाले सहज कार्यस्थलको वाताबरण बनाउन र घटनामा संगग्न दोषी माथि कानुनी अनुसन्धान गरी कारबाही गर्न समक्ष जोडदार माग गरिएको जनाएको छ।
साथै दोषीलाई उचित कारबाही नभएको खण्डमा कर्मचारीहरूबाट दिंदै आएको सेवा ठप्प पार्ने चेतावनी समेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: