काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका छन् ।
शुक्रबार विहान डा भट्टराई सहकारी ठगी आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न पोखरा पुगेका हुन् ।
भट्टराईले लामिछानेलाई भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू सधैं व्यवस्थाविरुद्ध लड्दै आएको बताए । ‘पञ्चायत, बहुदलीय काल र प्रचण्डजीको गणतन्त्रसँग लडियो, हाम्रो हिम्मत सधैं छ ।’
भट्टराईले आफूले नयाँ शक्ति अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिको उदय भएको र त्यसमध्ये सशक्त धारको नेतृत्व रविले लिएको बताए । ‘नयाँ शक्ति अभियान सुरु गरेपछि राजनीतिक शक्तिको उदय भएको छ र ति मध्ये एउटा शसक्त धारको नेतृत्व गर्ने शक्तिको रुपमा रविलाई बुझ्छु,’ भट्टराईले भने, ‘उहाँप्रति मेरो सधै सद्भाव छ ।’
लामिछानेलाई राज्यले दुःख दिने काम गरेको र त्यो अस्वभाविक भएको उनको भनाइ छ । ‘उहाँलाई एकपछि अर्को गरेर दुस्ख दिने काम भएको छ,’ उनले भने, ‘ त्यो अस्वभाविक लागेर, अन्यायपूर्ण छ भन्ने लागेर ऐकवद्धताका लागि आएको हुँ ।’
लामिछानेले आफूलाई स्वास्थ्य राम्रो रहेको बताएको उनले जानकारी दिए । लामिछानेले आफूसँग सहकारी प्रकरणमा आफूमाथि राज्यसत्ताले प्रतिशोध साँधेको बताएको भट्टराईको भनाइ छ ।
‘यो प्रतिशोधपूर्ण भयो भन्ने मैले बुझ्छु ,’ डा भट्टराईले भने, ‘सहकारीको समस्या धेरै जरो फैलिएको छ । ३० वर्षदेखि तीन दलका ३ ठूला नेताहरु पालैपालो सत्तामा छन् उनीहरुको वरिपरि नै अपचलन भइरहेको छ ।’
सहकारीको समस्या हल नगर्दा ५० औं लाख साना बचतकर्ता मर्कामा परेका छन् उनीहरुको समस्या समाधान हुनुपरो, तर विषयान्तर गर्न खोजिएको त होइन भन्ने प्रश्न उठ्ने उनले बताए ।
लामिछाने प्रकरणमा कानुनले आफ्नो बाटो लिनु पर्ने भए पनि यसलाई विषयान्तर गर्न खोजिएको त होइन भन्ने प्रश्न उव्जिएको उनले बताए ।
‘कानुनले आफ्नो बाटो लियोस् कानुनलाई मान्नुपर्छ तर यसलाई विषयान्तर गर्न खोजिएको त होइन,’ भट्टराईले भने, ‘त्यसको बाहनामा राजनीतिक प्रतिशोध लिने र पीडितको समस्या पनि हल नहुने अवस्था बन्नु हुँदैन । यिनै ३ टाउकाले जनतालाई ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई तर्साउने र देशलाई बर्बादीतिर लान्छन् कि भन्ने चिन्ता हो ।’
लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध लिइएको तर आफूले सहयोग गरिरहेको र गर्ने भन्दै यसको सन्देश बाहिर जाओस् भन्ने चाहेको आफूसँग बताएको भट्टराईको भनाइ छ । विरोध पनि शान्तिपूर्ण बाहेक नहोस् भनेर आफूले भनेको लामिछानेले बताए ।
आफूहरुले वैधानिक राजनीति गरिरहेको भन्दै भट्टराईले कानुनले त्यो प्रकृया पूरा गर्नुपर्ने बताए । सत्तापक्षले सहकारी पीडितको समस्यालाई विषयान्तर गरिरहेको भन्दै भट्टराईले साना बचतकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेकोले उनीहरुको रक्षा गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: