काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका छन् ।
शुक्रबार विहान डा भट्टराई सहकारी ठगी आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न पोखरा पुगेका हुन् ।
भट्टराईले लामिछानेलाई भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू सधैं व्यवस्थाविरुद्ध लड्दै आएको बताए । ‘पञ्चायत, बहुदलीय काल र प्रचण्डजीको गणतन्त्रसँग लडियो, हाम्रो हिम्मत सधैं छ ।’
भट्टराईले आफूले नयाँ शक्ति अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिको उदय भएको र त्यसमध्ये सशक्त धारको नेतृत्व रविले लिएको बताए । ‘नयाँ शक्ति अभियान सुरु गरेपछि राजनीतिक शक्तिको उदय भएको छ र ति मध्ये एउटा शसक्त धारको नेतृत्व गर्ने शक्तिको रुपमा रविलाई बुझ्छु,’ भट्टराईले भने, ‘उहाँप्रति मेरो सधै सद्भाव छ ।’
लामिछानेलाई राज्यले दुःख दिने काम गरेको र त्यो अस्वभाविक भएको उनको भनाइ छ । ‘उहाँलाई एकपछि अर्को गरेर दुस्ख दिने काम भएको छ,’ उनले भने, ‘ त्यो अस्वभाविक लागेर, अन्यायपूर्ण छ भन्ने लागेर ऐकवद्धताका लागि आएको हुँ ।’
लामिछानेले आफूलाई स्वास्थ्य राम्रो रहेको बताएको उनले जानकारी दिए । लामिछानेले आफूसँग सहकारी प्रकरणमा आफूमाथि राज्यसत्ताले प्रतिशोध साँधेको बताएको भट्टराईको भनाइ छ ।
‘यो प्रतिशोधपूर्ण भयो भन्ने मैले बुझ्छु ,’ डा भट्टराईले भने, ‘सहकारीको समस्या धेरै जरो फैलिएको छ । ३० वर्षदेखि तीन दलका ३ ठूला नेताहरु पालैपालो सत्तामा छन् उनीहरुको वरिपरि नै अपचलन भइरहेको छ ।’
सहकारीको समस्या हल नगर्दा ५० औं लाख साना बचतकर्ता मर्कामा परेका छन् उनीहरुको समस्या समाधान हुनुपरो, तर विषयान्तर गर्न खोजिएको त होइन भन्ने प्रश्न उठ्ने उनले बताए ।
लामिछाने प्रकरणमा कानुनले आफ्नो बाटो लिनु पर्ने भए पनि यसलाई विषयान्तर गर्न खोजिएको त होइन भन्ने प्रश्न उव्जिएको उनले बताए ।
‘कानुनले आफ्नो बाटो लियोस् कानुनलाई मान्नुपर्छ तर यसलाई विषयान्तर गर्न खोजिएको त होइन,’ भट्टराईले भने, ‘त्यसको बाहनामा राजनीतिक प्रतिशोध लिने र पीडितको समस्या पनि हल नहुने अवस्था बन्नु हुँदैन । यिनै ३ टाउकाले जनतालाई ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई तर्साउने र देशलाई बर्बादीतिर लान्छन् कि भन्ने चिन्ता हो ।’
लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध लिइएको तर आफूले सहयोग गरिरहेको र गर्ने भन्दै यसको सन्देश बाहिर जाओस् भन्ने चाहेको आफूसँग बताएको भट्टराईको भनाइ छ । विरोध पनि शान्तिपूर्ण बाहेक नहोस् भनेर आफूले भनेको लामिछानेले बताए ।
आफूहरुले वैधानिक राजनीति गरिरहेको भन्दै भट्टराईले कानुनले त्यो प्रकृया पूरा गर्नुपर्ने बताए । सत्तापक्षले सहकारी पीडितको समस्यालाई विषयान्तर गरिरहेको भन्दै भट्टराईले साना बचतकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेकोले उनीहरुको रक्षा गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: