Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो । 

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए। 

बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिए। साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिए । 

दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रोे जित निकाल्ने दाउमा छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँ पनि दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending