Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैन: कार्यबहाक प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुन:संरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।

नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।

‘नेपालको नयाँ संविधान लागु भै देशको संघीय ढाँचामा पुन:संरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ। सन् २०२६ सम्म अतिकम विकसित राष्ट्रबाट विकासील राष्ट्रको श्रेणीमा स्तोरोन्नती हुने प्रयासमा छ। यो विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,  ‘अर्कोतर्फ, हालका वर्षहरूमा जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएका छन्। यस परिप्रेक्षमा हाम्रा शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी गर्नु आजको चुनौती रहेको छ।’

शहरी विकास मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक साँस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत वस्ती, स्थानीय मौलिक वास्तुकला, निर्माण शैली, यसबाट सिर्जित निर्मित वातावरण र मुर्त अमुर्त सांस्कृतिक सम्पदाहरू नेपालको ठूलो सम्पत्ति रहेको बताए ।  तर, अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको भन्दै उनले नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वास्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

नेपाल अहिले तिब्रत्तर शहरीकरणको प्रकृयाबाट गुज्रिरहेको र गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजिमा शहरमा बसाईसराई गर्ने प्रवृत्ति बढेको भन्दै उनले भने, ‘विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ। नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त छैनन्।’

योजनाबद्ध शहरी विस्तार, भूउपयोग र भौतिक विकासको नियमन, र रणनैतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी गर्न सकिएन भने यसबाट दिर्घकालमा गम्भिर सामाजिक, आर्थिक र वातावरणीय असरहरू भोग्नु पर्ने उनको भनाई थियो । यी चुनौतिहरूको सामना गर्न नेपाली वास्तुविद र इन्जिनियरिङ समुदाएको भूमिका महत्वपूर्ण हुने पनि उनको भनाइ छ ।

वास्तुकला क्षेत्रमा बिशेष गरि कृषि, हरित उर्जा, योग, साधना, आर्युवेद र प्राकृतिक उपचार सहितको स्वास्थ्य हेरचाह, मनोरञ्चन, साहसिक र पर्यापर्यटनको आतिथ्यताको क्षेत्रको पूर्बाधार निर्माणमा अथाह सम्भावना राख्ने भन्दै उनले यी क्षेत्रको उन्नयन मार्फत नेपालको समृद्धिको यात्रामा सहभागी हुन र  सहकार्य गर्न स्वदेशी र विदेशी वास्तुबिद, लगानी कर्ता, उत्पादक, विज्ञ सबैलाई आग्रह गरेका छन ।

नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको मन्त्री सिंहले प्रतिवद्धता पनि जनाए । आजबाट शुरु भएको एक्स्पो ३ दिन चल्ने आयोजकले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिग च्याम्पियन चर्च ब्वाइजलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

काठमाडौँ ।  ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला...

पौडेलसमक्ष नेपालकालागि चार देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ। राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको छन।  राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त...

सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्दै

काठमाडौं ।सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, र...

थुनछेक बहस सकियो, रवि लामिछाने परिवारको जिम्मामा

बुटवल । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।  रुपन्देही जिल्ला अदालतका स्वास्तेदार  गोवि...

सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक : मन्त्री चौरसिया

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएको ...

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उ...

सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम

काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धित...

अर्जुन ट्रफी : उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

धनगढी । क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उ...

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिकाः उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएको छन । बिहीबार धादिङ लोकसा...

महानगर यातायातले थानकोटदेखि धुलिखेलसम्मको रुटमा थप्यो ४० नयाँ बस

काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy