काठमाडौं । आम जनता पार्टीले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ । भ्रष्टाचार बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचारीहरुको नामावली संकलन गर्दै सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो ।
आजपको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आजपाले बिभिन्न कार्यक्रम गर्दै आएको छ । हालै आजपाले भ्रष्टाचार एवं सरकारको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा र भ्रष्टाचार बिरुद्ध मधेस यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै बैठकले भगौडा वर्गको सम्पती पहिचान गरी राज्यलाई बुझाउने, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारी गर्नका लागि संघर्षका कार्यक्रम गर्ने, तीनै तहको सरकारको कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम गर्ने, कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीको संगठन बिस्तार गर्दै गाउँ गाउँ र टोलटोलसम्म पुर्याउँने निणर्य बैठकले गरेको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले पार्टीद्धारा आयोजित संघर्षका कार्यक्रमलाई सशक्त रुपमा अगाडी बढाउनुपर्ने निर्देशन दिएका छन् । एक अर्को प्रसंगमा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन भएको दाबी गरेका छन् । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले हिमालय एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हाँसिल गर्न नसकेको भन्दै साहले यो भ्रमणलाई तीर्थयात्रामै सिमित भएको संज्ञा दिए ।
चीन भ्रमणको दौरान मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको सौहार्द भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारीपत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्धिपक्षीय सहमति तथा समझदारीमा खासै महत्व नदिनुले प्रष्ट भएको जिकिर गरे ।
साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुशी तुल्याएर आफ्नो सत्ता,ण्सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ ’दयगतपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाए ।
‘मैले त उहाँको यो भ्रमण तिर्थयात्रामा सिमित हुन्छ भनेर धेरै पहिले नै भनेको थिएँ । आज बेईजिङमा भएको सहमति हेर्दा देशको गौरव नै धुमिल भएको अनुभूति भयो । बीआरआईको कुनै चर्चा भएन । यो भ्रमण देशको लागि उपलब्धिविहीन भयो । तर, उहाँले हिमालय एयरलाईन्सलाई विजनेस दिनुभयो । त्योबाहेक अरू उपलब्धि देखिएन’ अध्यक्ष साहले भने । साथै उनले भैंसीको मासु निर्यात गर्ने समझदारी हुनु र बीआरआईको कुनै चर्चा नहुनेले पनि भ्रमण कति सफल वा असफल भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरेका छन् ।
आजपाको काठमाडौंं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभुषण साह लगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: