काठमाडौं। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएपछि नेपालका प्रमुख दुई दलले समीक्षा गर्ने भएका हुन् ।
४४ स्थानका लागि भएको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा ११ स्थान जितेर माओवादी दोस्रो र ८ स्थान जितेर एमाले तेस्रो बनेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भए पनि ८ स्थान कांग्रेसले गुमाएको थियो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्थानीय तह उपनिर्वाचनबाट निराश हुनुनपर्ने तर पार्टीका तर्फबाट भएका कमी कमजोरीबारे समीक्षा गर्ने बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ छ ।
‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं,’ पोखरेलले भने, ‘अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं ।
केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला ।’
यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै पार्टी सचिवालय गम्भिर समीक्षामा जुटेको बताए ।
‘प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धि हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरी गुम्यो भन्ने कुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ,’ महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समीक्षा गर्दैछ ।’
यद्यपि स्थानीय तह उपनिर्वाचन परिणामले राजनीतिक दलहरुलाई घचघचाएको भन्दै त्यसलाई पार्टीले सकारात्मक रुपमा लिएको उनले बताए । उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर प्राप्त जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: