काठमाडौं। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएपछि नेपालका प्रमुख दुई दलले समीक्षा गर्ने भएका हुन् ।
४४ स्थानका लागि भएको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा ११ स्थान जितेर माओवादी दोस्रो र ८ स्थान जितेर एमाले तेस्रो बनेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भए पनि ८ स्थान कांग्रेसले गुमाएको थियो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्थानीय तह उपनिर्वाचनबाट निराश हुनुनपर्ने तर पार्टीका तर्फबाट भएका कमी कमजोरीबारे समीक्षा गर्ने बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ छ ।
‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं,’ पोखरेलले भने, ‘अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं ।
केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला ।’
यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै पार्टी सचिवालय गम्भिर समीक्षामा जुटेको बताए ।
‘प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धि हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरी गुम्यो भन्ने कुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ,’ महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समीक्षा गर्दैछ ।’
यद्यपि स्थानीय तह उपनिर्वाचन परिणामले राजनीतिक दलहरुलाई घचघचाएको भन्दै त्यसलाई पार्टीले सकारात्मक रुपमा लिएको उनले बताए । उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर प्राप्त जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: