Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

खबरडबली संवाददाता

इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ ९लारुम्बा० मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा  किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताए ।

“यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ”, उनले भने, “यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।” धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताए ।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताए । “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उनले भने, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।”

त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए । “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भने ।

जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।

धर्मगुरुको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मङ्गलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गरेको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताए ।

बुधबार धर्मगुरु आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवादपत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताए । त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उनले बताए ।

माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा विसं २०११ मङ्सिर १८ गते जन्मिएका आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणको अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किराँत धर्मावलम्बीले मान्ने गरेका छन् ।

किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।

लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता ९ईश्वर० ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् । झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ । तर धार्मिकस्थल माङ्सेबुङ पुगिसकेपछि साँच्चै आनन्द महसुस हुने त्यहाँ पुग्नेहरू बताउँछन् । माङसेवुङ झापाको विर्तामोड–खुदुनाबारी–दानाबारी हुँदै ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ दलको साझा एजेन्डा सार्वजनिक: बालेन सरकारको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक

काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...

पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा १६ जना घाइते

काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गो...

सडक दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की ...

अरनिको राजमार्गः आजदेखि दुईतर्फी आवागमन

काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर...

उपत्यकामा रात्रिकालीन बस सेवा सुरु

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ...

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending