Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

खबरडबली संवाददाता

इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ ९लारुम्बा० मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा  किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताए ।

“यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ”, उनले भने, “यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।” धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताए ।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताए । “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उनले भने, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।”

त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए । “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भने ।

जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।

धर्मगुरुको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मङ्गलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गरेको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताए ।

बुधबार धर्मगुरु आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवादपत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताए । त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उनले बताए ।

माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा विसं २०११ मङ्सिर १८ गते जन्मिएका आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणको अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किराँत धर्मावलम्बीले मान्ने गरेका छन् ।

किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।

लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता ९ईश्वर० ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् । झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ । तर धार्मिकस्थल माङ्सेबुङ पुगिसकेपछि साँच्चै आनन्द महसुस हुने त्यहाँ पुग्नेहरू बताउँछन् । माङसेवुङ झापाको विर्तामोड–खुदुनाबारी–दानाबारी हुँदै ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending