Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

राष्ट्रपतिलाइ हटाउने या नहटाउने बारेमा कोरियाली सत्तारूढमा छलफल हुदैँ

खबरडबली संवाददाता

सियोल। दक्षिण कोरियाका प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरू र राष्ट्रपति कार्यालयका सल्लाहकारहरूले अपरान्ह १२ बजे आपतकालीन बैठक गर्ने तय भएको छ ।

स्थानीय समय अनुसार बुधबार १२ बजे उक्त बैठक बस्ने कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

यो बैठकले राष्ट्रपति युन सुक येओलको अल्पकालीन मार्शल ल लागु गरे पछि उत्पन्न परिस्थितिका बारेमा थप निर्णय लिनेछ ।

राष्ट्रपति युनले हिजो अचानक मुलुकमा सैनिक शाषन लागु गरेका थिए, त्यसको केही घन्टामा नै त्यहाँको संसदले १९०–० मतको आधारमा उनको कदममाथी रोक लगाएको थियो । सत्तारूढ दलको बैठकमा राष्ट्रपति युन सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भने भइसकेको छैन्।

युनले राजनीतिक अभिष्ट पुरा गर्न मार्शल ल लागु गराउन खोजेको भन्दै तिब्र आलोचना भएको छ, त्यो पनि आफ्नै सत्ताधारी पीपुल पावर पार्टीबाट पनि ।जसका कारण युन नेतृत्वको सम्पुर्ण मन्त्रिपरिषद्को राजीनामा र रक्षा मन्त्री किम योङ ह्युनको बर्खास्त गर्नको लागि विचार गरिरहेको योनहापले जजनाएको छ । उसका अनुसार युनको राजीनामा माग्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

प्रतिपक्ष दलले भने उनी माथी महाअभियाेग लगाउनु  पर्ने माग राखेकाे छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको प्रश्न– भारतले मिचेको भूमि फिर्ता माग्दा कुन भूमि दिनुहुन्छ ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागेम...

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी दलको विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...

दुई सातापछि मात्रै बस्ने भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...

उचित मूल्य नपाएको भन्दै किसानले फ्याँके माइतीघरमा मण्डलामा गोलभेँडा

काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...

नि:शुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, काठमाडौंमा ९० महिलामा एचपीभी पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...

सरकारको निर्णयविरुद्ध करार र ज्यालादारी कर्मचारीको आन्दोलन

काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...

कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा, तत्काल नयाँ मन्त्री नपठाइने: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending