Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रविपत्नी निकितालाई सहकारी प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र

खबरडबली संवाददाता

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौंमहानगरपालिकाले प्रहरीलाई पत्र लेखेको छ ।

महानगरको छानबिनमा संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएपछि तत्–तत् समयका सञ्चालकमाथि अनुसन्धान र कारबाहीका लागि भन्दै प्रहरी परिसरलाई पत्र पठाइएको हो ।

बचतर्ताको उजुरीका आधारमा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि अध्ययन गरिरहेको थियो । अध्ययन सकिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

‘समस्या देखिएका ७ सहकारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि महानगरले यसअघि नै परिसरमा पत्र पठाइसकेको छ । अहिले साई स्वागत सहकारी संस्थालाई पनि प्रचलित कानुनबमोजिम कारबाहीका लागि पठाइएको हो,’ महानगरका एक अधिकारीले भने ।

साई स्वागत सहकारीमा २०७५ पुस २८ को साधारणसभाबाट भरतमणि जंगम अध्यक्ष, निकिता पौडेल उपाध्यक्ष, शंकर उपाध्याय दाहाल सचिव र लुमन दाहाल कोषाध्यक्ष चुनिएका थिए ।

सदस्यमा पुरुषोत्तम अधिकारी, रजनीश आचार्य र निशा केसी थिए । लेखासमिति संयोजकमा रामहरि अधिकारी, सदस्यमा जनक गौतम र केदारबहादुर दाहाल रहेका थिए ।

भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने जंगम कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम पनि चलाउँथे । त्यही टेलिभिजनमा लामिछानेसँग मित्रता बढेपछि सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान उनले महानगरलाई दिएका थिए । निकिताले उपाध्यक्ष रहेकै बखत धितो नराखी ५० लाख ऋण लिएको र त्यस्तै

प्रवृत्तिमा ऋण प्रवाह गरिँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी दिएका थिए । उजुरीमा बचतकर्ताको करिब १ करोड ९ लाख रुपैयाँ साँवा मागदाबी गरिएको थियो ।

त्यसपछि गरिएको अनुसन्धानका क्रममा संस्थामा गम्भीर त्रुटि तथा जालसाजी गरेको भेटिएको महानगरले जनाएको छ ।

‘बाँसबारी काठमाडौंस्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तारसदस्यले विभिन्न मिति र समयमा उक्त संस्थामा खाता खोली बचत गरेका थिए ।

तर उक्त रकम अवधि भुक्तानी भइसक्दासमेत संस्थाले फिर्ता नगरेको तथा सर्तअनुसार समयमै साँवाब्याज उपलब्ध नगराई आलटाल गरी ठगी गरेको हुँदा संस्थाका सञ्चालकलाई आवश्यक कारबाही गरी रकम फिर्ता पाउँ भनी निवेदन पेस गरेका छन्,’ महानगरले प्रहरीमा पठाएको पत्रमा भनिएको छ ।

‘सोही आधारमा ०८० चैत २३ मा काठमाडौं महानगरपालिका सहकारी विभागबाट खटिएका विज्ञसहितको अनुगमन टोलीले अनुगमन गर्दा विभिन्न पक्षमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएकाले सम्बन्धित सञ्चालकहरूलाई कानुनबमोजिम कानुनी कारबाहीका लागि पठाइएको छ,’ पत्रमा उल्लेख छ ।

महानगर कार्यालयमा रहेको अभिलेखअनुसार संस्था दर्ताको बखत गठन भएको तदर्थ सञ्चालक समितिमा अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष जागेश्वर यादव, सचिव सन्तोष किशोर लाभ र कोषाध्यक्ष अमरलाल श्रेष्ठ थिए ।

समितिमा सरोज श्रेष्ठ, मनोज देवकोटा र मृगेन्द्र राजभण्डारी सदस्य थिए । ०६६ माघ १६ मा भएको प्रारम्भिक साधारणसभाले त्यही कार्यसमितिलाई निर्वाचित गरेको थियो ।

०६९ असोज २७ र ०७२ पुस २५ मा भएको वार्षिक साधारणसभाले पनि त्यही कार्यसमितिलाई नै निरन्तरता दिएको थियो ।

०७४ पुस २२ को साधारणसभाले भने नयाँ सञ्चालक समिति चयन गर्‍यो, जसमा अध्यक्ष नोखराज पोखरेल, उपाध्यक्ष लुमन दाहाल, सचिव शेखर उपाध्याय दाहाल र कोषाध्यक्ष योगिता पुन रहेका थिए । त्यस समितिमा सरोज लामिछाने, रजनीश आचार्य र लिससा पौडेल सदस्य थिए ।

साधारणसभाले लेखा समिति संयोजकमा रामहरि अधिकारी, लेखा समिति सदस्यमा केदारबहादुर रावल र शैली थापा चयन गरेको थियो ।

भरतमणि र निकिता अहिले सहकारीमा पदाधिकारी छैनन् । ०८० असार १० मा सहकारी संस्थाबाट प्राप्त एक पत्रमा पौडेलले उपाध्यक्ष पदबाट राजीनामा गरेको भनिएको महानगरले कैफियतमा उल्लेख गरेको छ ।

तर कारोबार बिग्रिएपछि सहकारीमा सदस्य नै नरहेकी निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको थियो । यो विषय पनि निकै विवादित छ ।

भरतमणि नेतृत्वको कार्यसमितिले संस्थाको रकम हिनामिनाबाट जोगिन छन्तेललाई अध्यक्ष बनाएको विषय प्रहरीलाई पठाइएको पत्रमा महानगरले प्राथमिकतासाथ उल्लेख गरेको छ ।

‘०७८ साउन २८ को संस्थाको तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने मनसायबाट ०७९ मंसिर १२ मा संस्थाको सदस्य नभएकी निमकुमारी छन्तेललाई सञ्चालक समितिमा अध्यक्ष बनाएको देखिएको छ,’ पत्रमा भनिएको छ, ‘साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष लगायतका अन्य पदाधिकारी नियुक्ति गरी तत्कालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको जस्तो देखिएको छ ।

त्यतिबेला समितिमा नियुक्त अधिकांश मानिस संस्थाको सम्पर्कमा पनि रहेका छैनन् ।’

जोरपाटीमा डेरा बसेर तीन छोराछोरी हुर्काइरहेकी एकल महिला छन्तेल सहकारीकी ऋणी पनि होइनन् ।

सहकारी करोडौं बचत अपचलनको अनुसन्धानमा तानिएपछि मात्र उनले संस्थाको हविगत थाहा पाएकी थिइन् । पदाधिकारी आफैंले ऋण लिने, बिनाधितो कारोबार गर्ने र रकम आफूखुसी खर्च गर्ने प्रवृत्तिले साई स्वागत सहकारी संकटमा परेको थियो ।

योजनाकारलाई उम्काउने उद्देश्यले मासिक १५ हजार तलब हुने भन्दै फकाएर छन्तेललाई अध्यक्षमा राखिएको महानगरको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

महानगरले तयार पारेको प्रतिवेदनअनुसार साई स्वागत सहकारीले सदस्य नबनेकासँग कारोबार गरेको, कार्यक्षेत्रबाहिर पनि कारोबार गरेको पाइएको छ । प्रतिवेदनका अनुसार उक्त सहकारीमा ८३ महिला र ४१ पुरुष गरी १ सय २४ जना सदस्य छन् ।

संस्थाको सेयरपुँजी २७ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाको बचत दायित्व ४ करोड ५९ लाख र लगानी ४ करोड १० लाख रुपैयाँ छ । १२ महिनाभन्दा कम भाका नाघेको ऋण २३ लाख ७२ हजार र १२ महिनाभन्दा बढी भाका नाघेको ऋण २ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ५ करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending