काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको जोड नयाँ सहमतिभन्दा पनि पहिला भएका सहमति कार्यान्यनमा देखिएको छ ।
नेपालले जारी गरेको विज्ञप्तिमा चीनले ५०० मिलियन युआन सहयोगको घोषणा गरेको उल्लेख छ । तर, संयुक्त बक्तब्यमा त्यो विषय उल्लेख छैन । चीनले दुई देशको बीचमा रणनीतिक साझेदारी गहन बनाउने इच्छा व्यक्त गरेको छ ।
टोखा छहरे सुरुङ मार्गको सम्भावयता अध्ययन थाल्न दुवै मुलुक सहमत भए । केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न तदारुकता देखाउने दुई देश सहमत देखिएका छन् । यसका साथै रेलसम्बन्धी वार्ता र सहयोग आदान प्रदान निरन्तर रूपमा हुने पनि उल्लेख गरिएको छ ।
नेपालमा धेरै चासोका साथ हेरिएको पोखरा विमानस्थलको विषय भने कही कतै देखिएन । २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने विषय भने उल्लेख गरिएको छ ।
नेपाली पक्षले मदन भण्डारी विश्वविद्यालय, दमकमा स्टेडियम र डडेलधुरामा सिटी कम्प्लेक्स लगायतका काम अगाडि बढाइनदिन चीनलाई आग्रह गरेको छ । झापा प्रधानमन्त्रीको गृहजिल्ला हो भने डडेलधुरामा सत्तासाझेदार प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।
दुई देशबीच नेपाल-चीन औधोगिक पार्कको काम अगाडि बढाउने सहमति भएको छ ।
त्यस्तै, पोखरा र लुम्बिनीलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने, चीनले नेपाल भ्रमण वर्षमा वभिन्न सहयोग गर्ने विषय पनि समेटिएको छ । नेपालले चीनको जीडीआईलाई समर्थन गर्ने उल्लेख गरिए पनि जीएसआईको बारेमा केही बोलिएन ।
भ्रमणका क्रममा नेपाल र चीनबीच नौ वटा सहमति भएका छन् । आर्थिक र प्राविधिक सहयोगसम्बन्धी, टोखा छहरे सुरुङमार्ग निर्माण, भैसीको मासु चीन निर्यात गर्ने, विकास योजना २०२४-२९ सम्बन्धी सहयोगमा दुई देश सहमत भए ।
त्यस्तै केही नगद रकम दिने, चिनियाँ भाषा शिक्षक सम्बन्धी, नेपाल टेलिभिजन र चीन मिडिया ग्रुपबीच सहमति भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: