काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिंक ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्थाहरुबाट फरक(फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय...
कार्तिक २८ गते, २०८२ - १०:५७
काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...
कार्तिक २८ गते, २०८२ - १०:१५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भव...
कार्तिक २८ गते, २०८२ - १०:०७
बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...
कार्तिक २८ गते, २०८२ - १०:०३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...
कार्तिक २८ गते, २०८२ - ०९:५९
समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह
कार्तिक २८ गते, २०८२ - ०९:४६
काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...
कार्तिक २७ गते, २०८२ - १४:०६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...




प्रतिकृया लेख्नुहोस्: