Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

बाघको आक्रमणवाट रौतहटमा वडा अध्यक्ष घाईते

खबरडबली संवाददाता

रौतहट।आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाईते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई  भेटेका छन्।

बाघको आक्रमणमा परी गम्भीर घाईते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत् रहेको बिरगंज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आईतवार भेटेका हुन।

भेटको क्रममा अध्यक्ष प्रभु साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

शनिबार बिहान बाघको आक्रमणमा परी घाईते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भईरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।

शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै  अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पटाआइरहेका थिए।

सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासी बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साईनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथी बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाईते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भईरहेको बताएका छन्।

थप उपचारका लागि काठमाडौं लगिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending