Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

उद्योगीको मिलेमतोमा सिमेन्टको मूल्य २० प्रतिशतले बढ्यो

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौ । सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको निर्माण व्यवसायीहरूले बताएका छन् । उनीहरूले सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएको एक उद्योगीले जानकारी दिए । यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय रुपैयाँ पुगेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीहरूले सिमेन्टको मूल्य बढाएका हुन् । यसरी धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई कार्टेलिङ भन्ने गरिन्छ ।

खासगरी क्लिंकर उत्पादक ठूला उद्योगहरूको पहलमा सबै उद्योगहरूले भाउ बढाएको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

विगत एक वर्षदेखि सिमेन्ट उद्योगीहरूले भाउ बढाउन प्रयास गरिरहेका थिए । तर, चिनियाँ लगानीका ठूला उद्योगहरू होङ्सी र हुवासिन सिमेन्ट त्यसमा तयार नभएपछि उनीहरूको प्रयास सफल हुन सकेको थिएन । तर, यसपटक होङ्सी र हुवासिन सिमेन्ट पनि मूल्य बढाउन तयार भएपछि सिमेन्टको मूल्य बढेको हो ।

‘दुई चार उद्योगले यसअघि पनि भाउ बढाउने प्रयास गर्दै, पछि हट्दै गरिरहेका थिए । किनभने होङ्सी र हुवासिन सिमेन्टकै बजार ठूलो भएको अवस्थामा उनीहरूको प्रयास दिगो हुन सकेको थिएन । यसपटक भने यी दुई उद्योगीहरू नै पनि भाउ बढे हुन्थ्यो भन्ने मनस्थितिमा थिए, उनीहरू नै तयार भएपछि भाउ बढेको हो,’ ती उद्योगीले भने ।

भाउ बढेपछि ठूलो मात्रामा ऋण भएका उद्योगीहरू ब्रेक इभन (खर्च–आम्दानी बराबर) को अवस्थामा पुग्ने ती उद्योगीको दाबी छ । ‘प्रतिबोरा ६ सय रुपैयाँ मूल्य पुग्दा जुन उद्योगको ऋण बाँकी छैन, ती नाफामा जान्छन्, जसको ऋण पनि बाँकी छ, ती ब्रेक इभनमा पुग्छन्,’ ती उद्योगीले भने ।

सिमेन्ट उद्योगीहरूले ‘अस्वस्थ प्रतिस्पर्धा’ गरी विगतमा लागतभन्दा पनि कममा बेचिरहेकोमा त्यसलाई सच्याएको दाबी सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले गरे ।

‘उद्योगीहरूले घाटामै सिमेन्ट बेचिरहेको अवस्था थियो, पब्लिक कम्पनीहरूको वित्तीय विवरणमा पनि तपाईं त्यो देख्न सक्नुहुन्छ, त्यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्,’ उनले भने ।

अहिले सिमेन्टको सिजन पनि भएकाले यो बेला घाटा कम गर्न सकिन्छ कि भन्ने उद्योगहरूको प्रयास रहेको उनको दाबी छ ।

तर, सिमेन्ट उत्पादक संघले मिलेमतोमा भाउ तय गरेको कुरालाई भने उनले अस्वीकार गरे । ‘एउटाले मूल्य  बढाउँदा अर्कोले पनि बढायो होला तर त्यसमा उद्योग संघको भूमिका छैन,’ उनले भने ।

सिमेन्ट उद्योगहरूले विगतमा घाटामा सिमेन्ट बेच्नु परिरहेकाले केही उद्योगले भाउ बढाएको हुनसक्ने नेपाल उद्योग परिसंघका अध्यक्ष तथा तानसेन सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालले बताए ।

‘विगतदेखि नै सिमेन्ट उद्योगहरू घाटामा थिए, विद्युत् कटौती पनि सुरु भएपछि त्यसले लागत थप बढाउने छ, त्यसो हुँदा केही उद्योगहरूले भाउ बढाएको देखिन्छ,’ उनले भने ।

होङ्सी र हुवासिन सिमेन्टले पनि विगतमा घाटामा नै सिमेन्ट बिक्री गरिरहेको अवस्थामा उनीहरूले पनि बढाएको हुनसक्ने उनले बताए । तर, सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेको आरोप भने उनले अस्वीकार गरे ।

अहिले नेपाली उद्योगहरूको कुल सिमेन्ट उत्पादन क्षमता प्रतिवर्ष ५० करोड बोरा रहेको संघले जनाएको छ । तर, उद्योगीहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको उनको संघको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending