Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती बजारमा, लुभुमा फ्याक्ट्री

खबरडबली संवाददाता

काठमाडौं । यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन्।

गौतम र खड्कालाई मध्यपुर ठिमी नगरपालिका-२ गठ्ठाघर र घिमरेलाई महालक्ष्मी नगरपालिका-८ लुभु ललितपुर टाउन प्लानिङस्थित बायो फुड्स नेपाल प्रालिबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउपछि बिहीबार ब्युरोले सार्वजनिक गरेको हो। उनीहरूले यार्सागुम्बासहित सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको सामग्री भन्दै लामो समयदेखि बजारमा बिक्री-वितरण गर्ने गरेको पाइएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

उक्त सामग्री हिमाली जडिबुटी त्यसले यौन क्षमता बढाउने, शक्ति बढाउने र स्टामिना बढाउने भन्दै तिनै जनाले बजारमा बिक्री गरिरहेको पाइएको छ। तर, ती सामग्री परीक्षण गर्दा नक्कली रहेको पुष्टि भएको बोगटीले बताए।

उनीहरूले शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर गाइम्निमा, पायल्स निको आयल, चाचरी आयल, बिउटी सुपरबा हर्बल आयल लगायत विभिन्न नामका बट्टामा त्यस्ता सामग्री बेचबिखन गर्ने गरेका थिए।

‘ती सामग्रीका क्याप्सुल देखाएर फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ बोगटीले भने, ‘बृद्वदेखि युवा समेतले खाना मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरेर सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएको छ।’

उनीहरूले एक बट्टाको दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म मूल्य राखेका थिए।

उनीहरूले गठ्ठाघरमा एउटा घर भाडामा लिएर स्टोर नै सञ्चालन गरिरहेको पाइएको छ।

घिमिरे लुभु ललितपुरमा बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लिमेन्ट फ्याक्ट्रीका सञ्चालक रहेको बोगटीले बताए।

लुभुको फ्याक्ट्री र गठ्ठाघरको स्टोरबाट लाखौंका यार्साजन्य भन्दै भन्दै बिक्री गरिने नक्कली सामग्री बरामद भएको छ।

यार्सा प्लस प्रतिबट्टा २५ सयका दरले १०७० बट्टा बरामद भएको छ। त्यसको मूल्य २६ लाख ७५ हजार हुन आउँछ।

यस्तै, यार्सा किङ ११ लाख ६५ हजार, प्रोस्टेट केयर दुई लाख,  पायल्स निको तेल दुई लाख ४४ हजार, सुगर कन्ट्रोलर १३ लाख ६ हजार बराबरको सुगर कन्ट्रोलर, चार लाख ४५ हजार मूल्य पर्ने चाचर आयल लगायत ६५ लाख २८ हजार २५० रुपैयाँ मूल्यको सामग्री बरामद भएको छ।

‘पक्राउ परेकामाथि अनुसन्धान जारी छ, कसैले यस्ता सामग्री औषधी भन्दै बिक्री गरिरहेको भए जानकारी गर्न सर्वसाधारणलाई अनुरोध गरेका छौं,’ बोगटीले भने।

सामाजिक सञ्जालमा औषधी भन्दै प्रचार/प्रसार गरिने यस्ता सामग्री प्रयोग गर्नुअघि राम्ररी बुझ्न ब्युरोले अनुरोध गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending