Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कांग्रेस–एमालेको गढ ग्रामथानमा धावा बोल्दै माओवादी

खबरडबली संवाददाता

विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् ।

ग्रामथान गाउँपालिका अध्यक्ष पदमा १६ उम्मेदवार छन् । यहाँ माओवादीबाट नमोनारायण माझी उम्मेदवार छन् भने कांग्रेसबाट बलराम सरदार थारु, एमालेबाट तुलसी राम विश्वास उम्मेदवार रहेका  छन् ।

आक्रामक प्रचार र संघीय सांसद अमनलाल मोदीको जबर्जस्त प्रभावका कारण माओवादी केन्द्रका उम्मेदवार माझी उत्साहित रहेका छन् । कांग्रेस र एमाले चुनावी अभियानको क्रममा पनि माओवादीसँग आक्रोशित देखिन्छन् । विगतमा पालैपालो ग्रामथानमा सत्ता चलाएका पहिलो र दोस्रो पार्टी एमाले र कांग्रेस तेस्रो स्थानको माओवादीप्रति आक्रामक हुनुको अर्थ त्यहाँ प्रतिस्पर्धामा माओवादी आइसकेको बुझ्न गाह्रो छैन ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कान्छो सदस्यको रूपमा समानुपातिकबाट निर्वाचित मोदीको चर्चा त्यसबेलादेखि सुरु भयो, जब प्रतिपक्षमा रहेको माओवादीले बजेट प्रस्तुत गर्ने बेलामा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट ब्रिफकेस खोस्ने प्रयास ग¥यो । त्यसमा लडाकु शैलीमा अत्यधिक बलप्रयोग गर्ने मोदी नै थिए ।

२०७४ सालको वाम गठबन्धनको उम्मेदवार बन्दा अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ (ग्रामथान गाउँपालिका पूरै, कटहरी, बेलबारी र विराटनगरका केही वडा रहेको क्षेत्र) बाट चुनाव जित्ने खासै चर्चा थिएन । किनकि उनी नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यसँग प्रतिस्पर्धामा थिए । धेरैले माओवादी हार्ने चर्चा गरिरहँदा मोदी भन्थे– ‘म ६ हजार मतले जित्छु ।’

निर्वाचनको अन्तिम नतिजा आउँदा मोदीले उनै आचार्यलाई ६ हजार ७२९ मतले पराजित गरे । मोदीको त्यही कार्यकालमा सांसद रहँदा उनले ग्रामथान–५ तेतरियाको गिधनीया बस्तीबाट विद्युत् प्राधिकरणले हाइटेन्सन लाइन लान लागेको विषयमा विरोध गरे । गाउँका स्थानीयको समर्थन गर्दै उनले कुलमान घिसिङसँग जुहारी पनि खेले । त्यसले पनि उनको चर्चा बढ्यो ।

२०७९ सालको निर्वाचनमा एमाले भर्सेस कांग्रेस–माओवादी गठबन्धन प्रतिस्पर्धामा थिए । त्यसबेला पनि उनै मोदी कांग्रेस र माओवादी दुई पार्टीको संयुक्त उम्मेदवार भए । त्यसबेला करोडौँ खर्च गरेका एमालेका उम्मेदवार विनोद ढकालको जित्ने सम्भावना बलियो देखिएको थियो । तर मोदीले आफ्ना समर्थकहरूलाई भन्थे, ‘ म ६ हजार मतले जित्छु ।’

नभन्दै उनले ६ हजार २ सयभन्दा बढी मतले ढकाललाई हराए । निर्वाचनबाट विजयी भएपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भए । मन्त्री पदमा हुँदा पनि उनी विवादमा आएनन् । बरु उनको सकारात्मक चर्चा नै भयो ।

झण्डै ११ महिना मन्त्री बनेका मोदी मन्त्री पदबाट बाहिरिए । पछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारले संसदीय समिति प्रयोग गरेर विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने प्रयास ग¥यो । मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग समितिको बैठकमै नोकझोंक गरे । अर्थात् घिसिङको बचाउमा मोदी दह्रो उभिए । उनको चर्चा झनै चुलियो ।

झापा, मोरङ र सुनसरीमा मात्रै होइन मोदी देशभरको थारु समुदायमा एक उच्च तहको नेताको रूपमा स्थापित भए । एक हिसाबले भन्नुपर्दा मोदी त्यो समुदायको नेता हुन् र उनलाई ग्रामथानका सबै स्थानीय थारु नेताले पनि नेता नै मान्छन् ।

ग्रामथानको उपनिर्वाचनमा मोदीले माओवादीका नमोनारायण माझीलाई काँध थापिरहेका छन् । उनी सार्वजनिक मञ्चहरूमा भन्ने गर्छन्, ‘नमोनारायणजी अर्जुन हो भने म कृष्ण बनेर आएको छु ।’

उम्मेदवार नमोनारायण माझी आफैँ पनि हक्की र निडर व्यक्ति हुन् । कांग्रेसी विगत भए पनि उनले केही समय अगाडि पालिका अध्यक्ष तथा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिएको भन्दै पालिका कार्यालय घेराउ गरेका थिए । त्यसबेला उनले पालिका अगाडि हुलहुज्जत गरेको, जनप्रतिनिधिलाई अपशब्द बोलेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा पनि परेको थियो । त्यसले पनि उनी जनताको पक्षमा लड्छन् भन्ने प्रभाव छोड्न सफल भए ।

उम्मेदवार माझी आफैँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनले लोकप्रिय मतका साथ फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ बाट वडाध्यक्ष जितेका थिए ।

२०७९ सालको निर्वाचनमा भने वडाध्यक्षमा स्वतन्त्र उठेर सम्मानजनक मत ल्याएर उनी पराजित बने । उनी गाविसको अध्यक्ष तथा वडाध्यक्ष हुँदा गरेका कामले सो वडाका मानिसहरू असन्तुष्ट भएनन् । बरु राम्रो काम गर्ने मान्छे हो भन्नेमा स्थापित भए ।

कांग्रेस, एमालेका उम्मेदवारको चुनावी कमाण्डर स्थानीय नेता भए पनि माओवादीका उम्मेदवार नमोनारायणका लागि संघीय सांसद अमनलाल मोदी नै अगाडि उपस्थित भइदिँदा अरु फिक्का भएका छन् । चोकबजारमा मोदीको लोकप्रियताले नमोनारायणलाई सहयोग भइरहेको छ । मोदी आफैँले पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्ने भएको कारण प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैकारण उनी आफैँले व्यक्तिगत खर्चसमेत गरेका छन् ।

नमोनारायणको सकारात्मक पक्ष भनेको अमनलाल मोदीको क्याल्कुलेटिभ रणनीति हो । यसअघिका चुनावमा भोट गनेर बिग्रिएका मतदाता अर्कोतिरबाट पूर्ति गर्ने र सो क्षेत्रको सूचनामा अत्यधिक पहुँच राख्ने भएको कारण मोदीले अहिले पनि २ देखि ३ हजार मतान्तरले चुनाव जित्ने बताउन थालेका छन् । माओवादीको लागि अर्को सकारात्मक पक्ष भनेको आत्मविश्वासमा बढोत्तरी हो । माओवादीका समर्थकदेखि कार्यकर्तासम्ममा अहिले आत्मविश्वास बढेको देखिन्छ । त्यो चुनावी माहोलमा पनि देखिएको छ । स्वतन्त्र ढंगले बसेका कतिपय मामओवादी समर्थकहरू पनि चुनावी अभियानमा लागेका छन् ।

ग्रामथानको पहाडे समुदायमा कम प्रभाव रहेको माओवादी अहिले अन्य पार्टीकै हाराहारीमा पुगेको उनीहरू दाबी गर्छन् ।

कांग्रेस र एमालेमा भएको अन्तरविरोधको फाइदा पनि माओवादीलाई हुने देखिन्छ । एमालेमा देखिएको चरम असन्तुष्टि र गुटगत अवस्थाले त्यो मत माओवादीलाई जानसक्ने देखिन्छ । कांग्रेसमा पनि उम्मेदवारको नेतृत्व क्षमता कमजोर भएको र चुनावी कमाण्डरहरू सशक्त नदेखिँदा आफ्ना भोट एकै ठाउँमा राखिरहनु उनीहरूलाई गाह्रो पर्दै गएको छ । तुलनात्मक रुपमा माओवादीमा एकता देखिएको छ । पुराना नेता झलक भगतहरू असन्तुष्ट जस्तो देखिए पनि उनले खासै प्रभाव पार्न नसक्ने माओवादीहरू बताउँछन् ।

यसपटकको ग्रामथानको निर्वाचनमा कांग्रेसको भोट रास्वपा, नागरिक उन्मुक्ति, राप्रपा र माओवादीले पनि काट्नसक्ने देखिन्छ । यस्तै एमालेमा भएको चरम असन्तुष्टिको भोट कांग्रेस र माओवादीमै बाँडिने सम्भावना बढी छ । यसले त्रिकोणात्मक प्रतिस्पर्धामा पु¥याउने देखिन्छ । यस्तो अवस्थामा आएको सकारात्मक चुनावी माहोलले माओवादीलाई बढी फाइदा देखिन्छ । त्यो विषय डिजिटल प्लेटफर्महरूमा पनि देखिन्छ । सामाजिक सञ्जाल टिकटक, फेसबुकहरूमा पोष्ट भएका सामग्रीहरूमा पनि कांग्रेस, एमालेका उम्मेदवारको भन्दा माओवादी उम्मेदवार नमोनारायण माझीकै लोकप्रियता देखिन्छ ।

ग्रामथानमा चौथो स्थानमा राप्रपा र राप्रपाको प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । ती दुवै पार्टीले कांग्रेसकै धेरै भोट काट्ने अनुमान छ । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार र एमालेबाट बागी उठेका नमनारायण चौधरीले केही समय भएपनि एमालेकै भोट काट्ने देखिन्छ ।

ग्रामथानमा मतदाताको संख्या २७ हजार ४३९ छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेसी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक०का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मतमात्रै ल्याएका थिए ।

२०७९ सालको निर्वाचनमा एमालेका धेरै वडाध्यक्षहरू विजयी भए पनि कार्यपालिका र नगरसभामा कांग्रेसकै बहुमत छ । यसकारण उक्त पालिकाको विगतको मत परिणामले कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखाउँछ । यो तथ्याङ्क माओवादीको लागि नकारात्मक पक्ष हो ।

माओवादीको संगठनात्मक अवस्था पनि कमजोर छ । एमालेको टोल समितिसहित झण्डै १ सय वटा समिति रहेको अध्यक्ष सत्यनारायण माझी बताउँछन् । एमालेका सक्रिय सदस्यहरू ६ सय बढी छन् । कांग्रेसको पनि सोही हिसाबले टोल समिति र क्रियाशील सदस्यहरू छन् । त्यसको तुलनामा माओवादीको संगठनात्मक अवस्था र सदस्यहरू कम छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending