काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन् । उनले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन् ।
मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ । उनले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताइन् ।
महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ ।
उनले भनिन्, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिए पनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगीको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र रु भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यति बेला राष्ट्रिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यति बेला व्यवस्थापिका संसद् थियो । मलाई त एक प्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरूले यो संसद् कस्तो होला रु कसरी अगाडि बढ्ला रु यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उनीहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैँ लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोधे। मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरी हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: