Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राज्यका निकायमा महिलालाई मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती

खबरडबली संवाददाता

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन् ।  उनले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन् ।

मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ । उनले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताइन् । 

महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ । 

उनले भनिन्, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिए पनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगीको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र रु भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यति बेला राष्ट्रिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यति बेला व्यवस्थापिका संसद् थियो । मलाई त एक प्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरूले यो संसद् कस्तो होला रु कसरी अगाडि बढ्ला रु यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उनीहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैँ लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोधे। मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरी हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending