दमक। झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई बर्षभरी नै नि:शुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उनले यस्तो बताएको हो ।
यस भन्दाअघि दमक नगरपालिकाले सामुदायिक बिद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड नि:शुल्क उपलब्ध गराउँदै आएको थियो । यस आर्थिक बर्षदेखि सबै महिलालाई बर्षभरी नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख थापाले बताए ।
शहरी स्वास्थ्य केन्द्रबाट जोसुकै महिलाले पनि सहज रुपमा सेनिटरी प्याड पाउने नगरपालिकाले जनाएको छ । यसको कार्यविधि बनाएर ब्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गरे । यो बिषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रुपमा लिइएको उनले बताए।
महीनावारी समयमा सुरक्षित स्यानिटरी प्याड उपलब्ध भएन भने शरीरबाट निस्किएको रगतले महिलाको भित्री अङ्ग सङ्क्रामक भएर शरीर विषयुक्त बनाउने भएकाले यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिए ।
आर्थिक अभाव र पर्याप्त चेतनाको अभावले अहिले पनि सेनिटरी प्याडको प्रयोग नगर्ने महिलाको संख्या धेरै भएको पाएका छौं, उनले भने। संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक शुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएकाले सफल बनाउन सबैलाई लाग्न भट्टराईले आग्रह गर्नुभयो । गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने उनले प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: