कालीकोट । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कालीकोट जिल्लाको आर्थिक उन्नति र प्रगतिको लागि पहिलो कालीकोट महोत्सव महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन् । कालीकोट उद्योग बाणिज्य संघ कालीकोटले आयोजना गरेका महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले महोत्सवलाई जिल्लाको आर्थिक गतिविधिहरूलाई पुनः सक्रिय बनाउनका लागि एक उपयोगी उपायको रूपमा हेरिएको बताए ।
मन्त्री अधिकारीले, “यो महोत्सव कालीकोटको सांस्कृतिक र ऐतिहासिक धरोहरलाई संरक्षण गर्नका साथै खेलकुदको विकास र आन्तरिक पर्यटन,प्रवर्धनमा मद्दत गर्नेछ । यस प्रकारका कार्यक्रमहरूले विभिन्न समुदायका प्रतिभाहरूलाई अवसर प्रदान गर्नेछन् र जिल्लामा व्यापारिक र पर्यटन गतिविधिहरूलाई चलायमान बनाउने तर्फ अग्रसर हुने बताए ।
सांस्कृतिक र खेलकुद कार्यक्रमहरू
महोत्सवमा सांस्कृतिक कार्यक्रमहरू पनि रहने आयोजकले बताएको छ । कालीकोटका स्थानीय कलाकारहरूले लोक गीत, नृत्य र नाटक प्रस्तुत गर्नेछन्, जसले कालीकोटको सांस्कृतिक विविधता र समृद्धि देखाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । यसका साथै, महोत्सब अबधिभरी खेलकुदका विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिन भएकोे छ ,जसमा स्थानीय समुदायको सक्रिय सहभागिता रहनु का साथै महोत्सवले कालीकोटको समग्र आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई एक नयाँ दिशा बताइएको छ । महोत्सवमा कालीकोटका नागरिक, व्यापारी, कलाकार, पर्यटक र अन्य सबै वर्गका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको छ, र आगामी दिनहरूमा महोत्सव थप रमाइलो र समृद्ध हुने अपेक्षा गरिएको छ।
प्रथम कालीकोट महोत्सव मंसीर ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको मुख्य उद्देश्य कालीकोट जिल्लामा उत्पादित विभिन्न वस्तुहरूको बजारिकरण र पर्यटनको प्रवर्धन गर्नु रहेको छ । साथै, यस महोत्सवले कालीकोटका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनहरूको प्रदर्शन गर्दै जिल्लाको आर्थिक गतिविधिहरूलाई थप गतिशील बनाउने लक्ष्य राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: