कुनौली । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।
नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरुवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुवीर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए । ‘कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन,’ उनले भने ।
खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो । सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खंगले सुनाए । स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताए । यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ ।
पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् । ‘ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन् । हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो । खै बन्छ कि बन्दैन, बने पनि केहिले हो कहिले,’ मो बसिरले भने ।
विसं २०७३ जेठ २ गते रु पाँच करोड ४० लाख ९३ हजारमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो । सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा विसं २०७५ जेठ ९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता पाँच पटक म्याद थपिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक नौ गते सकिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए ।
कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरे । उनले निर्माण कम्पनीलाई हालसम्म रु चार करोड ५२ लाख भुक्तानी दिइसकेको जानकारी दिए ।
अब चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताए । ‘ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ढिलोमा भएमा जसरी पनि चालु आवभित्रै कामले पूर्णता पाउने गरी हामीले पहल गर्छौँ । त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ,’ उनले भने । –रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: