Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रहरीका बहालवाला इन्स्पेक्टर नै फरार प्रतिवादी

खबरडबली संवाददाता

काठमाडौं । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–५ घर भएका इन्स्पेक्टर अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो । अनुसन्धान सकेर प्रहरीले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाई सकेको थियो । मुद्दा अदालतमा पेस भएर सुनुवाइको प्रक्रियामा रहेको छ ।

सहकारीको सञ्चालक समिति सदस्य समेत रहेका अकौलिया २०८१ भदौ २७ मा सरुवा भएर स्वयम्भू पुगेका हुन् । आफ्नै इन्स्पेक्टर फरार सूचीमा रहेको भेटेपछि स्वयम्भू वृत्तका डीएसपी उद्धव सिंह भाटले त्यसबारे काठमाडौँ प्रहरी प्रमुख बसन्त रजौरेलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई मंसिर ४ मा काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । एक लाख धरौटी बुझाएर छुटेका अकौलिया स्वतः निलम्बनमा परेका छन् । २०८० वैशाख ५ मा नागार्जुन नगरपालिकाले सहकारीलाई विश्वासघात गरेकोबारे अनुसन्धान गर्न पत्र पठाएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending