Ntc summer Offer
Khabar Dabali २९ पुष २०८१ सोमबार | 13th January, 2025 Mon
Investment bank

नर्भिकको लापरवाही: नवजात शिशुको हातमा घाउ र जलन

खबरडबली संवाददाता

काठमाडौं । नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्।

काठमाडौं, थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएको एक शिशुको हातमा उपचारका क्रममा गहिरो घाउ र जलन भएको पाइएको हो । हातका साथै खुट्टामा पनि घाउ भएको छ।

क्यानुला राख्दा अस्पतालको गम्भीर लापरबाहीका कारण आफ्नो नवजात शिशुको यो अवस्था भएको उप्शा खड्का र सुदीप बोहरा दम्पतीले आरोप लगाएका छन्अ । स्पतालले उपचार क्रममा घटना ढाकछोप गरेको र बच्चालाई हत्तपत्त भेट्न नदिएको पनि उनीहरूले गुनासो गरेका छन्।

काठमाडौंको टुसालमा बस्दै आएकी उप्शा गत कात्तिक २४ गते बच्चा जन्माउन नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्। उनमा मधुमेह देखिएपछि नर्मल डेलिभरीका लागि नपर्खी चिकित्सकको सुझाव अनुसार भर्ना गरिएकै दिन शल्यक्रियाबाट बच्चा निकालियो। 

सामान्यतया ३८ देखि ४० हप्ताको गर्भबाट बच्चा जन्मने गरेकामा उप्शाले ३६ हप्तामा बच्चा जन्माएकी थिइन्।

जन्मिएको दुई दिनपछि बच्चाको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पतालले भेन्टिलेटरमा राख्यो । यस अवधिमा बच्चालाई हेर्न जान खोज्दा सजिलै नपाएको उप्शा बताउँछिन्। उनका अनुसार बच्चालाई हेर्न दिन आग्रह गर्दा नर्सहरू कहिले केही समय लाग्छ भन्दै पर्खाउँथे, कहिले खाजा खाइरहेका छौं भनेर टार्थे । केही समयको अलमलपछि मात्र उनीहरूलाई बच्चा देखाउन लगिन्थ्यो।

उपचार क्रममा अस्पतालका स्वास्थ्यकर्मीले प्रस्ट कुरै नगरेको सुदीप बताउँछन्। “बच्चालाई श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताउँथे, तर डिस्चार्ज नगरी अझै ५–६ दिन राख्नुपर्छ भन्थे,” उनी भन्छन्।

यस्तो व्यवहार र प्रतिक्रिया देख्दा, सुन्दा कतै केही गडबडी त छैन भनेर उप्शा र सुदीपलाई शंका लाग्न थाल्यो ।  केही समय पर्खाउने, टार्ने, अनि मात्र भेट्न दिने क्रम ११ दिनसम्म चल्यो। ११औं दिनमा जब उनीहरू बच्चा हेर्न गए, बच्चाको हातमा जलेको घाउ देखे । यो के भएको भनेर छेउमै रहेकी नर्सलाई सोधे। जवाफ आयो, ‘थाहा छैन।’

त्यसअघिका दिनमा उनीहरू बच्चा हेर्न जाँदा हातमा सधैं ब्यान्डेज हुन्थ्यो। उपचार प्रक्रियाकै हिस्सा होला भनेर उनीहरूले त्यता ध्यान दिएनन् । तर त्यस दिन ब्यान्डेज विनाको हातमा घाउ देखे। “त्यस दिन नर्स नयाँ भएकाले ब्यान्डेज लगाउन भ्याएकी थिइनन् र त्यही समयमा हामी पुगेका कारण घाउ देख्यौं,” सुदीप भन्छन्। 

बच्चाको त्यो अवस्था देख्दा उनीहरू आत्तिए। अस्पतालका डाक्टर, व्यवस्थापकलाई यसबारे सोधे। जवाफमा यो सामान्य कुरा हो भनियो । त्यसपछि उनीहरूले अस्पतालमा बच्चा नराख्ने निर्णय गरे। 

“हामीले बच्चा लैजान्छौं भन्दा ‘हुन्छ’ भनेर सजिलै स्वीकृति दिए । त्यस्तो हतारिएर स्वीकृति दिंदा पक्कै केही गडबडी भएको छ भनेर शंका भयो,” उप्शा भन्छिन्, “बच्चाको श्वासप्रश्वासको समस्या ठीक भइसकेको बताए पनि थप केही दिन राख्नुपर्छ भन्नुको कारण घाउ भएको घटना ढाकछोप गर्न पो रहेछ भन्ने लाग्यो।”

यो उनीहरूको दोस्रो बच्चा थियो । यसअघि यस्तो समस्या नभोगेका कारण यो कस्तो जटिलता हो भनेर उनीहरूलाई थाहा थिएन।  

अस्पतालबाट निस्किन लाग्दा एक नर्सले बच्चालाई ‘घर नलैजानू, अस्पताल लैजानू’ भनेपछि उनीहरू डराए। “हाम्रो बच्चाको अवस्था ठीक थिएन भने अस्पतालले लैजान किन स्वीकृति दियो, अस्पतालले लापरवाहीबाट पन्छिनै हामीलाई बिदा दिएको रहेछ,” उप्शा भन्छिन्, “बच्चालाई त्यस्तो घाउ हुँदा कति दुख्यो र पोल्यो होला ?”

अस्पतालको लापरवाही

बच्चालाई भोलिपल्ट उनीहरूले ललितपुरको किस्ट अस्पताल लगे। त्यहाँका चिकित्सकले ‘तपाईंहरूले के गरेर बच्चाको हातमा घाउ पार्नुभयो’ भनेर उनीहरूलाई नै प्रश्न गरे। त्यसपछि पो उनीहरूलाई यो सामान्य रहेनछ भन्ने लाग्यो। 

तर किस्ट अस्पतालले के भएर हातमा घाउ भयो भनेर पत्ता लगाउन सकेन। “त्यहाँका चिकित्सकले क्यानुला ड्यामेज भएर, स्पीड इन्जेक्सन भएर, औषधि पोखिएर, औषधिको रियाक्सन भएर जस्ता विभिन्न कारणले घाउ हुन सक्ने बताए। ठ्याक्कै यसले नै भएको भन्न सकेनन्,” सुदीप भन्छन्।

नर्भिकमा उपचार गराउँदा उनको हातमा क्यानुला राखेर औषधि दिइएको थियो। क्यानुला राख्ने क्रममा सावधानी नअपनाइँदा जलन भएर बच्चाको हातमा गहिरो घाउ भएको उनीहरूको आरोप छ।

नर्भिकमा उक्त बच्चाको उपचार गरेका डा. गणेश शाहसँग कुरा गर्दा उनले क्यानुला राख्दा नै घाउ भएको बताए । यसमा आफ्नो गल्ती नभएको उनको भनाइ छ । उनका अनुसार क्यानुला राख्दा ‘साइड इफेक्ट’ भएर यस्तो हुन्छ र यो सामान्य हो। “बच्चा समयभन्दा अगाडि जन्मिएको र धेरै कमजोर भएकाले धेरै कुरा गर्नुपरेको थियो,” डा. शाहले भने, “क्यानुला ब्लाइन्ड प्रक्रिया हो, नसालाई महसूस गरेर सियो हाल्दा कहिलेकाहीं बाहिर जान सक्छ, लिक हुन सक्छ।” 

नर्भिक अस्पतालको रिपोर्टमा १०औं दिनमा छाला जलेको भनेर लेखिएको छ। किस्टका चिकित्सकले भने यो तत्काल भएको घाउ नभई एक/डेढ साताअघिको भएको बताएको सुदीप बताउँछन्। 

नवजात शिशुमा क्यानुला राख्दा घाउ र जलन हुने घटना कति लापरवाही हो ?

यो प्रश्न  बालरोग विशेषज्ञ डा.रामहरि चापागाईंलाई सोध्यौं । उनका अनुसार नवजात शिशुको उपचारमा हरेक प्रक्रिया निकै सावधानीपूर्वक गर्नुपर्छ र त्यसो नगरिए समस्या आउँछ। उनी भन्छन्, “नवजात शिशुको छाला निकै संवेदनशील हुने भएकाले क्यानुला राख्दा ध्यान दिनुपर्ने हुन्छ। ध्यान नपुर्‍याउँदा संक्रमण भएर घाउ हुने जस्तो गम्भीर घटना हुन सक्छ।”

नर्भिक अस्पतालको घटनामा भने के भएको हो भनेर आफूलाई थाहा नभएको डा. चापागाईं बताउँछन् । 

बच्चाको उपचार किस्ट अस्पतालमा जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक २५.४१ अंकले घटयो

काठमाडौं । नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।  यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो ।  नेपाल...

संसद किन बोलाइएन, जनतामा खुल्दुली छः अग्नि सापकोटा

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आईतवार का...

प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छः एनपी साउद

काठमाडौं । कांग्रेस केन्द्रीय  सदस्य  तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले कांग्रेस र एमाले सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बता...

एउटै गाउँपालिकामा आठ आर्थिक वर्षमा नौ करोड बेरुजु

हुम्ला । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको बेरुजु आठ आर्थिक वर्षमा नौ करोडभन्दा बढी देखिएको छ । बर्सेनि बेरुजु आकार घटाउनेतर्फ गाउँपालिकाले ध्यान...

नेपालगन्जमा नहर डुबेर युवकको मृत्यु

बाँके । नहरमा डुबेर युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१९ बस्ने २७ वर्षीय अर्जुन मुसारको सोही ठाउँस्थित नहरमा डुबेर शनिबार साँझ मृत्यु भएक...

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार...

चुनावको अघिल्लो दिन दलितको भोट निर्धारण हुदाँ समस्याः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताएका छन। आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्...

काठमाडौं अदालतमा रबि लामिछानेको सकियो बयान

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको...

‘जङ्गली काँडा’ मा बादल र तुलशा

सुनसरी । पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्...

सत्ता स्वार्थको लागि गरिने मधेशी एकताले ठोस परिणाम दिन सक्दैन

जनकपुरधाम । मधेशी दलहरुले एकता र सहकार्यको गृहकार्यमा जुटेको बेला राष्ट्रिय पिछडा वर्ग महासंघले सबै पक्षलाई समेट्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy