रौतहट । रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन्।
जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया पूरा गरि बालिका लाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। गत कार्तिक १४ गते राती जन्मिएको उक्त नवजात शिशु लाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो।
गत कार्तिक १५ गते बिहान बच्चा रोईरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्याएको थियो । केही घन्टा खेतमा रहेकी शिशुको हातको औंलाहरुमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचार पछी सुरक्षित पालनपोषण भईरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: