सुनसरी । सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए।
उनकाअनुसार पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको डीएसपी तिम्सिनाले जानकारी दिए।
उनका अनुसार सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए। उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले तत्काल प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एकएक थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो। नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: