रामपुर। लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध्यविन्दु नगरपालिका–१४ झोलुङ्गे जोड्ने १७५ मिटर लामो पुल निर्माण भएको हो ।
पुल निर्माण सम्पन्न भएसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेको छन । पुल उद्घाटन गर्दै श्रेष्ठले पुलले दुई प्रदेशको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै यहाँका जनताको आर्थिक समृद्धिमा थप टेवा दिने बताए । रिपाहा घाट वरपर रहेका स्थानीयको समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए।
पुलको निर्माणले निस्दी र मध्यविन्दुका जनतालाई आवतजावत गर्न सहज हुनुका साथै अरुण खोला वारीपारी रहेका खेतीयोग्य जमिनको सदुपयोगमा टेवा पुग्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। मध्यबिन्दु १४ का वडा अध्यक्ष मिनबहादुर दर्लामीले स्थानीयको समस्यालाई पहिचान गरी निर्माण भएको झोलुङ्गेपुलले ठुलो राहत दिएको बताए। पुल निर्माणले निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दुको झोलुङ्गे, सारुडाँडा, द्वारी आसपासका उपभोक्तालाई सहज हुने निस्दी ४ का वडा अध्यक्ष सन्तविर सुनारीले जानकारी दिए।
निस्दी गाउँपालिकाका लेखाअधिकृत सरोज काफ्लेका अनुसार पुल निर्माण एक करोड ३७ लाख ६७ हजार (२) रुपियाँको लागतमा सम्पन्न भएको हो । शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित एक करोड ८४ लाख ८९ हजार ३१६ रुपियाँमा ठेक्का आह्वान गरेको थियो । निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०७९ असार २४ गते २०८१ कार्तिकमा सम्पन्न गर्ने गरी एक करोड ३७ लाख ६७ हजार (२)रुपियाँमा सम्झौता गरी पुल निर्माण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...
आषाढ़ ३२ गते, २०८३ - १४:३३
काठमाडौँ। अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन...
आषाढ़ ३२ गते, २०८३ - १३:५८
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...
आषाढ़ ३२ गते, २०८३ - १३:५३
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...
आषाढ़ ३२ गते, २०८३ - १२:५९
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...
आषाढ़ ३२ गते, २०८३ - १२:५०
मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...
आषाढ़ ३२ गते, २०८३ - १२:२६
काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...
आषाढ़ ३२ गते, २०८३ - १२:०१
चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...
आषाढ़ ३२ गते, २०८३ - ११:२१
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...



प्रतिकृया लेख्नुहोस्: