काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ ।
नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयामका बारेमा ज्ञान हासिल गर्नेछन् ।
‘स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् । तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ ।
सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ । पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ ।
सोमबार आयोजित तालिमको शुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको सेवालाई क्रमश: प्रविधिमैत्री बनाउँदै लैजाने नीति नगरपालिकाको रहेको जानकारी दिए । उनले भने “स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिहेको छ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले सञ्चालित रोजगारमूलक तालिमपछिको आबद्धता बढाउन पहिलोपटक डिजिटल तालिम सुरुआत गरेको र यसले सीप र रोजगारीलाई एकापसमा जोड्ने बताए। उनले भने, “डिजिटल तालिमपछि स्वदेशमा नै बसेर काम गर्न सक्ने रोजगारी प्राप्त हुने हुँदा नगरपालिकाले यस्ता तालिमलाई उच्च महत्व दिइएको हो ।सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई तालिबाट पूर्ति गर्न पनि सहयोगसमेत मिल्छ । डिजिटल तालिमपछि सहभागीलाई रोजगारदातासंग कम्पनीसंग समन्वय पनि हुँदा यसको महत्व उच्च छ । ”
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, रोजगार सेवा केन्द्रका प्रमुख पुष्पराज शर्माले तालिमका महत्वका बारेमा जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: