खजुरा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ । माओवादी केन्द्र बाँकेले जिल्लाका सबै पालिकामा एउटै मितिमा पालिका अधिवेशन गर्न लागिएको जनाएको हो।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जिल्लाका सबै पालिकामा आगामी मङ्सिर २९ र ३० गते एकैपटक पालिका अधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिए। “बाँकेका ८१ वटा वडामध्ये हालसम्म ७५ वटा वडाको अधिवेशन सम्पन्न गरिसकेका छौँ, बाँकी रहेका वडाहरुमा मङ्सिर १२ गतेसम्म अधिवेशन सम्पन्न गर्दैछौँ ।” संयोजक पाण्डेले भने, “सबै वडाको अधिवेशन सकिएपछि आगामी मङ्सिर २९ र ३० गते सबै पालिकामा एकैपटक पालिका अधिवेशन गर्ने योजना बनाएका छौँ ।”
उहाँका अनुसार पालिका सम्मेलन सफल बनाउनका लागि खजुरामा केन्द्रीय सदस्य आइपी खरेल र लुम्बिनी प्रदेस सदस्य डम्बरबहादुर बिक ‘तुफान’, डुडुवामा केन्द्रीय सल्लाहकार प्रकाश सुवेदी ‘चन्द्रकान्त’ र लुम्बिनी प्रदेश सचिवालय सदस्य गेहराज रिजाल ‘नवीन शर्मा’, बैजनाथमा जिल्ला इन्चार्ज पूर्णा सुवेदी, नरैनापुरमा केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, जानकीमा केन्द्रीय सदस्य अन्जना थारु, कोहलपुरमा केन्द्रीय सदस्य उषा पुन र जिल्ला संयोजक नरेन्द्र पाण्डे, राप्तीसोनारीमा केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ र पट्टु थारु, नेपालगन्जमा प्रदेश सहसचिव अकलबहादुर बम र जिल्ला सचिव डिल्ली बराललाई जिम्मेवारी दिइएको छ ।
जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद सदस्यहरुलाई आआफ्नो जिम्मेवारीसहित कार्यविभाजन प्रदान गरिएको छ । व्यापक जनपरिचालसहित व्यापक पार्टी सदस्यहरुको सहभागितामा पालिका अधिवेशन सम्पन्न गरिने संयोजक पाण्डेले बताए।
माओवादी केन्द्रका बाँके इन्चार्ज पूर्णा सुवेदीले पार्टीको विधि विधान अनुसार सबै पालिकाका अधिवेशन सम्पन्न हुने बताए । उनले वडा भेलाबाट प्रतिनिधि छनौट हुने र आन्तरिक प्रतिष्पर्धाबाटै अधिवेशन सम्पन्न हुने बताए । “सकेसम्म सर्वसम्मतिबाटै पदाधिकारी तथा सदस्य छनौट हुनेछन्, कुनै कारणवश त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाट समेत नेतृत्व चयन हुन्छ ।” उनले भने, “कुनै नेताको दवाव र टीका लगाएर कुनै पनि नेतृत्व चयन हुने छैनन् ।”
माओवादी केन्द्र बाँकेका अनुसार पार्टी सदस्यताको नवीकरणलाई तीब्रता दिइएको छ । हालसम्म जिल्लामा करिब छ हजार पार्टी सदस्यको सदस्यता नवीकरण भइसकेको छ । मङ्सिर १५ गतेसम्म सबै सदस्यहरुको अभिलेखिकरण गरिसक्ने र कार्ययोजना अनुसार मङ्सिर २५ गतेसम्म सबै पालिकाको अधिवेशन प्रतिनिधि छनौट गरिसक्ने माओवादी केन्द्र बाँकेले जनाएको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...
आषाढ़ २२ गते, २०८३ - १५:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...
आषाढ़ २२ गते, २०८३ - १४:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...
आषाढ़ २२ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...
आषाढ़ २२ गते, २०८३ - १४:१२
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...
आषाढ़ २२ गते, २०८३ - १३:४७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...
आषाढ़ २२ गते, २०८३ - १३:०२
कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...
आषाढ़ २२ गते, २०८३ - १२:३८
काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...
आषाढ़ २२ गते, २०८३ - १२:२९
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...
आषाढ़ २२ गते, २०८३ - १२:१८
नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...



प्रतिकृया लेख्नुहोस्: