खजुरा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ । माओवादी केन्द्र बाँकेले जिल्लाका सबै पालिकामा एउटै मितिमा पालिका अधिवेशन गर्न लागिएको जनाएको हो।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जिल्लाका सबै पालिकामा आगामी मङ्सिर २९ र ३० गते एकैपटक पालिका अधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिए। “बाँकेका ८१ वटा वडामध्ये हालसम्म ७५ वटा वडाको अधिवेशन सम्पन्न गरिसकेका छौँ, बाँकी रहेका वडाहरुमा मङ्सिर १२ गतेसम्म अधिवेशन सम्पन्न गर्दैछौँ ।” संयोजक पाण्डेले भने, “सबै वडाको अधिवेशन सकिएपछि आगामी मङ्सिर २९ र ३० गते सबै पालिकामा एकैपटक पालिका अधिवेशन गर्ने योजना बनाएका छौँ ।”
उहाँका अनुसार पालिका सम्मेलन सफल बनाउनका लागि खजुरामा केन्द्रीय सदस्य आइपी खरेल र लुम्बिनी प्रदेस सदस्य डम्बरबहादुर बिक ‘तुफान’, डुडुवामा केन्द्रीय सल्लाहकार प्रकाश सुवेदी ‘चन्द्रकान्त’ र लुम्बिनी प्रदेश सचिवालय सदस्य गेहराज रिजाल ‘नवीन शर्मा’, बैजनाथमा जिल्ला इन्चार्ज पूर्णा सुवेदी, नरैनापुरमा केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, जानकीमा केन्द्रीय सदस्य अन्जना थारु, कोहलपुरमा केन्द्रीय सदस्य उषा पुन र जिल्ला संयोजक नरेन्द्र पाण्डे, राप्तीसोनारीमा केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ र पट्टु थारु, नेपालगन्जमा प्रदेश सहसचिव अकलबहादुर बम र जिल्ला सचिव डिल्ली बराललाई जिम्मेवारी दिइएको छ ।
जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद सदस्यहरुलाई आआफ्नो जिम्मेवारीसहित कार्यविभाजन प्रदान गरिएको छ । व्यापक जनपरिचालसहित व्यापक पार्टी सदस्यहरुको सहभागितामा पालिका अधिवेशन सम्पन्न गरिने संयोजक पाण्डेले बताए।
माओवादी केन्द्रका बाँके इन्चार्ज पूर्णा सुवेदीले पार्टीको विधि विधान अनुसार सबै पालिकाका अधिवेशन सम्पन्न हुने बताए । उनले वडा भेलाबाट प्रतिनिधि छनौट हुने र आन्तरिक प्रतिष्पर्धाबाटै अधिवेशन सम्पन्न हुने बताए । “सकेसम्म सर्वसम्मतिबाटै पदाधिकारी तथा सदस्य छनौट हुनेछन्, कुनै कारणवश त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाट समेत नेतृत्व चयन हुन्छ ।” उनले भने, “कुनै नेताको दवाव र टीका लगाएर कुनै पनि नेतृत्व चयन हुने छैनन् ।”
माओवादी केन्द्र बाँकेका अनुसार पार्टी सदस्यताको नवीकरणलाई तीब्रता दिइएको छ । हालसम्म जिल्लामा करिब छ हजार पार्टी सदस्यको सदस्यता नवीकरण भइसकेको छ । मङ्सिर १५ गतेसम्म सबै सदस्यहरुको अभिलेखिकरण गरिसक्ने र कार्ययोजना अनुसार मङ्सिर २५ गतेसम्म सबै पालिकाको अधिवेशन प्रतिनिधि छनौट गरिसक्ने माओवादी केन्द्र बाँकेले जनाएको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: